Incident Reports

बाल बिवाह गराउन खोज्ने अभिभावक पक्राउ

2018-05-12

Madhes, Parsa, Birgunj

पर्सा प्रहरीले बालविवाह गराउन लागेको आरोपमा एक अभिभावकलाई पक्राउ गरेको छ । प्रहरीले बिरगंज महानगरपालिका-१७ कोंन्हिया रोल बस्ने ५५ बर्षीय सत्यनारायण मुखियालाई पक्राउ गरेको हो । मुखियाले १६ बर्षीय छोरी गायत्री कुमारीको बिवाह बाराको प्रसौनी गाउँपालिकाको नकटुवा बस्ने परम मुखियासंग गर्न लागेका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता प्रहरी नायब उपरीक्षक रञ्जन लिम्बुले सत्यनारायणलाई बालविवाह उधोगमा मुद्धा दर्ता गर्न लागिएको जानकारी दिए । बालविवाह गरुन खोज्ने केटा पक्षलाई पनि खोजिएको प्रहरीले जनाएको छ ।
Local Newspaper - Bara

0 Comments