Incident Reports

Agrovet Owner Abducted

2013-09-16

Madhes, Bara, Nijgadh

Bara/September 17 Bhagwan Badal, 35, of Nijgadh VDC-8 has been abducted from a road passing through a jungle on September 16. He was owner of an agrovet shop in the same place. It is learnt that the site is on the bordering area of Bara and Rautahat districts. Inspector Mitrabadhu Sharma of Nijgadh Area Police Office said that a police team had been mobilized to search for him. Police confirmed that he was abducted while heading for Simri village of Kanakpur VDC, Rautahat to vaccinate animals. Badal's relatives said they had recovered his motorbike and the bag containing medicines. Laxmi Sah Sonar निजगढ गाविस-८ घर भई सोही ठाउँमा एग्रोभेट सञ्चालन गर्दै आएका ३५ वर्षीय भगवान बडाल भदौ ३१ गते जङ्गलको बीच बाटोबाट अपहरणमा परेका छन् । घटनास्थल बारा र रौतहट जिल्लाको सिमानाको जङ्गलमा पर्दछ । अपहरणमा परेका बडालको खोजीका लागि प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय निजगढका इन्सपेक्टर मित्रबन्धु शर्माले बताए । निजगढबाट रौतहहटको कनकपुर गाविसको सिम्री गाउँमा पशुलाई भ्याक्सिन लगाउन जाँदा उनी अपहरणमा परेको प्रहरीले पुष्टि गरेको छ । उनको साथमा रहेको मोटरसाइकल र औषधिसहितको झोला जंगलमा फेला परेको अपहरित बडालको आफन्तजनले बताए । बडालका पत्नी सहित नाबालक एक छोरा र एक छोरी छन् । लक्ष्मी साह सोनार

0 Comments

Related Reports
Related Trend Analysis