Incident Reports

घरभित्रै गन्हाउने अवस्थामा एक महिलाको शव भेटियो

2018-06-23

Lumbini, Rukum East, Musikot

मुसीकोट नगरपालिका-१ सल्लेमा एक महिलाको शव घरभित्रै गन्हाउने अवस्थामा भेटिएको छ । ४६ वर्षीया आइती बुढाको घरमा बाहिरबाट ताला लगाएको अवस्थामा असार १२ गते घरभित्रै शव फेला परेको हो । मृतक बुढाका छोराले ताला फोडेर भित्र जाँदा आमाको शव भेटिएको भन्दै प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का इन्स्पेक्टर ऋषिकुमार ढुङ्गानाले बताए । तीन दिनदेखि कोठामा ताला लागेको र आमालाई कतै नदेखेपछि ताला फोडेको मृतकका छोराले प्रहरीलाई बताएका छन् । मृतक रहेको कोठामा बन्चरो र कुटो समेत फेला परेकाले कसैले हत्या नै गरेको हुनसक्ने प्रहरीले जनाएको छ । मृतकको टाउकोमा चोट लागेको र एउटा आँखा समेत बाहिर निस्किएको हुँदा उनको मृत्यु रहस्यमय भएको प्रहरीले जनायो । बुढाको घरभित्र रहेको सुनमाल समेत चोरी भएको बताइएको छ । घटना रहस्यमय देखिएकाले आवश्यक अनुसन्धान भइरहेको इन्सपेक्टर ढुङ्गानाले बताए । शवको पोष्टमार्टम जिल्ला अस्पताल सल्लेमा असार १३ गते गरिने प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments

Related Reports