Incident Reports

जातीय विभेद गरेको घटनाका आरोपित गिरफ्तार

2018-07-08

Gandaki, Parbat, Kushma, Ward 6

बागलुङ नपा-१२ अमलाचौर घर भई हाल कुश्मा नपा-६ मा डेरा गरी बस्दै आएका ३४ वर्षीय नविन विकलाई जातीय विभेद गरेको आरोपमा प्रहरीले फलेवास नपा-७ लिमिठाना घर भई हाल कुश्मा नपा-६ मा मिना गिफ्ट सेण्टर व्यवसाय सञ्चालन गरी बस्ने ३९ वर्षीया मिना कुँवरलाई असार २४ गते गिरफ्तार गरेको छ । पीडित बिकलाई आरोपितले पटकपटक जातीय विभेद गरी गालीगलौज र विभेद गर्ने गरेको भन्दै सोही घरमा बस्ने मिना कुँवर विरूद्ध पीडितले असार २४ गते उजुरी दिएका थिए । पीडितको उजुरीका आधारमा आरोपित कुँवरलाई गिरफ्तार गरी जातीय छुवाछुत विरूद्ध उजुरी दर्ता गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, पर्वतका डिएसपी दिलिप घिमिरेले जानकारी दिए । आरोपित पक्षले भने जातीय विभेद नभई व्यक्तिगत रिसइवीका कारण उजुरी दर्ता गरेको भन्दै पीडित बिकका विरूद्ध असार २४ गते नै कुटपिट र हिंसासम्बन्धी उजुरी जिल्ला प्रहरी कार्यालय, पर्वतमा दिएको भएपनि दर्ता नभएको प्रहरीले जनाएको छ । पीडित महिलाका पति देवराज कुँवरले नविन बिकलगायतका व्यक्तिहरूले कुटपिट गरेपछि झगडा भएको र झगडाकै विषयलाई जातीय छुवाछुतको आरोप लगाएको बताए । कुटपिटबाट शरीरका विभिन्न भागमा चोटपटक लागेकी कुँवरको जिल्ला स्वास्थ्य कार्यालय, पर्वतमा स्वास्थ्य परीक्षण पश्चात् हिरासतमा नै औषधि सेवन गर्दै आएकी छिन् ।

0 Comments

Related Reports
Related Trend Analysis