Incident Reports

3 people arrested with Pistol, bullets and drugs

2018-07-19

Province 1, Morang, Biratnagar, Ward 7

Police have arrested 3 people with 1 made in US automatic pistol, its 3 round bullets and drugs. Temporary residents of Itahari sub-metropolitan-9, 33 years old Sanjay Chaudhary aka Surya Narayan Chaudhary permanent resident of Morang Belbari municipality, 20 years old Raj Chaudhary permanent resident of Sundarchaur municipality-2 and 27 years old Mohammad Allaudin permanent resident of Sunsari Duhwi were arrested by the Police. मेड इन यूएसए लेखिएको स्वचालित पेस्तोल १ थान, त्यसको गोली ३ राउण्ड र नियन्त्रित लागूऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी ईटहरी उपमहानगरपालिका-९ मा डेरा गरि बस्ने मोरङ बेलबारी नगरपालिका-७ घर भएका ३३ वर्षीय संजय चौधरी भन्ने सूर्य नारायण चौधरी, मोरङ सुन्दरहरैचा नगरपालिका -२ बस्ने २० वर्षीय राज चौधरी र सुनसरी दुहवी नगरपालिका-२ बस्ने २७ वर्षीय मोहमद अलाउदीन रहेका छन् । मोरङ बिराटनगर महानगरपालिका-७ स्थित मोरङ जिल्ला अदालतको गेट बाहिर शंकास्पद तरिकाले हिँडिरहेको अवस्थामा मंरगलबार प्रहरीले सूर्य नारायण र राजको शरिर तलासी लिदा सूर्य नारायणको साथबाट ३० चक्की नाईट्रोसन र राजको साथबाट २० चक्की नाईट्राभेट गरी जम्मा ५० चक्की नियन्त्रित लागूऔषध बरामद भएपछि थप अनुसन्धानको क्रममा सूर्य नारायणको घरमा तलासी लिँदा बुधबार उक्त हतियार समेत बरामद भएको थियो । साथै प्रारम्भिक अनुसन्धानकै क्रममा उक्त पेस्तोल सूर्य नारायण चौधरीले मोहमदको साथमा भारत गई खरिद गरी ल्याएको बुझिएकोले मोहमदलाई समेत मोरङ बुढीगंगा गाउँपालिका-४ बाट बिहीबार प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis