Incident Reports

INSEC :Three Injured in Clash between UCPN-M, NC

2013-10-20

Lumbini, Rukum East, Aathbiskot

Rukum, Congress ra UCPN-M karyakarta bich jhadap, 3 jana ghaaite. Rukum/ October 21 Cadres of UCPN-M and NC have clashed at Radi Bazar of Athbiskot VDC-2 on October 20 during their election campaign, according to the police. District member of Tarun Dal Janak Bantha, Athbiskot Village Unit President of Tarun Dal Deepak Shahi and one Ganesh Singh has been injured in the clash. The condition of Ganesh Singh is said to be critical. The injured are getting treatment at local pharmacy. While promoting the election campaign, the clash occurred as both groups had organized their program in the same venue. DSP Rajendra Prasad Bhatt of District Police Office, Rukum said that details on the incident was awaited. Gorakh Bahadur KC, State Committee Member of UCPN-M accused the cadres of NC of attacking them without any reason. Additional police force has been deployed at the incident site to calm the situation. Adarsha KC संविधानसभा निर्वाचन प्रचारप्रसारको क्रममा नेपाली काङ्ग्रेस र एमाओवादीका कार्यकर्ताबीच आठबिसकोट गाविस-२ स्थित राडीबजारमा कात्तिक ३ गते साँझ ६ बजे झडप भएको प्रहरीले जनाएको छ । झडपमा नेपाल तरूण दलका जिल्ला सदस्य जनक बाँठा, तरुण दल आठबिसकोट गाउँ इकाइ सभापति दीपक शाही र पार्टी नखुलेका गणेश सिंह घाइते भएको जिल्ला प्रहरी कार्यालय रूकुमले जनाएको छ । घाइते गणेश सिंहको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरूको उपचार स्थानीय औषधी पसलमा भइरहेको प्रहरीले जानकारी दिएको छ । काङ्ग्रेस र एमाओवादीको चुनावी कार्यक्रम एउटै स्थानमा जुधेपछि राडी बजारमा झडप भएको प्रहरीले बताएको छ । नेपाली काङ्ग्रेसले आठबसिकोटमा आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्न क्षेत्र न २ का प्रत्यक्ष उम्मेदवार गोपाल जी जगं शाहको नेतृत्वमा रहेको टोली राडीबजार पुग्ने बित्तिकै कोणसभाका लागि र्‍यालीमा रहेका एमाओवादीका कार्यकर्ताबीच ढुङ्गा हानाहान भएपछि अवस्था झडपमा परिणत भएको स्थानीयवासीले बताएका छन् । सञ्चार सुविधामा समस्या भएपछि घटनाको विस्तृत जानकारी आइनपुगेको जिल्ला प्रहरी कार्यालय रूकमुका डिएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । एमाओवादी राज्य समिति सदस्य गोर्खबहादुर केसीको नेतृत्वमा रहेको चुनावी प्रचार टोलीमाथी काङ्ग्रेस कार्यकर्ताहरूले विनाकारण आक्रमण गरेको एमाओवादीले आरोप लगाएको छ । काङ्ग्रेस कार्यकर्ताहरूको आक्रमणमा आफना आधा दर्जन कार्यकर्ताहरू घाइते भएको र कोही सम्पर्कमा नआएकाले विस्तृत विवरण सङ्कलन भईरहेको एमाओवादी रुकुमका प्रचार विभाग प्रमुख गोपाल शर्माले बताए । उनले आफना कार्यकर्ताहरूले धैर्य गरेकाले थप क्षति हुन नपाएको बताए । साथै प्रहरीको आडमा काङ्ग्रेस कार्यकर्ताहरूले आक्रमण गरेको समेत एमाओवादीले आरोप लगाएको छ । स्थितिलाई सामान्य बनाउन घटनास्थलतर्फजिल्ला प्रहरी कार्यालय रूकुमबाट थप प्रहरी पठाइएको छ । घटनास्थलमा सशस्त्र प्रहरीको टोली पनि खटेको छ । नेपाली काङ्ग्रेसका नेताहरू गाउँ पुगेकाले यस घटनाको बारेमा काङ्ग्रेससँग सम्पर्क हुन नसक्दा काङ्ग्रेसको आधिकारिक धारणा यस समाचार तयार गर्दासम्म सार्वजनिक भएको छैन् ।आदर्श के.सी

0 Comments

Related Reports
Related Trend Analysis