Incident Reports

Police arrests elderly man accused of repeatedly raping woman

2018-08-11

Bagmati, Kathmandu, Kathmandu

Police have arrested 64-year-old Krishna Prashad Nepal also known as "Jhakri ba", who has been working as shaman since long time in Pyaphal of Kathmandu on the charge of raping a 30-year-old woman. Metropolitan police circle Kathmandu arrested Nepal on the charge of repeatedly raping the victim under the pretext of curing her of her ailments. राजधानीको प्याफलमा लामो समयदेखि झारफुक गर्दै आएका ६४ वर्षीय कृष्ण प्रसाद नेपाल अर्थात ‘झाँक्री बा’ युवती बलात्कारको आरोपमा पक्राउ परेका छन् । झारफुक गर्न आएकी ३० वर्षिया युवतीलाई ‘बेथा निको पार्ने भए मसँग शारीरिक सम्पर्क गर्नुपर्छ’ भन्दै पटक–पटक बलात्कार गरेको आरेपमा उनलाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको बताइएको छ । २०४४ सालदेखि काठमाडौंको झोँछे, टौदह र पछिल्लो समय प्याफलमा बसेर झारफुक गर्दै आएका नेपालले राजधानीकै एक श्रेष्ठ थरकी युवतीलाई ‘रोग निको पार्ने’ नाममा ६ पटक सम्म बलात्कार गरेको जाहेरी परेसँगै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । मकवानपुरको भैँसे स्थायी घर भएका नेपाल लामो समदेखि काठमाडौंमा बसेर झारफुक गर्दै आएका थिए । ‘जबर्जस्ती करणीको जाहेरी परेपछि झारफुक पेसा गर्दै आएका कृष्णप्रसाद नेपाललाई हामीले पक्राउ गरेका छौँ,’ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (डिएसपी) मोहन थापाले भने, ‘उनी संलग्न घट्नबारे अनुसन्धान भइरहेको छ ।’ झाँक्रीको आवरणमा बलात्कर गरेको आरेपमा पक्राउ परेका नेपालले प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा आफुले सहमतीमा दुई पटक ती युवतीसँग शारिरिक सम्पर्क गरेको स्वीकार गरेका छन् । झारफुक गर्नका लागी आफ्नो आसनमा आउने महिलाहरुलाई उनले पहिले पनि यसरी नै ‘मेरो जिउमा देउता छन्, रोग निको हुन्छ’ भन्दै बलात्कार गर्ने गरेको पाइएको छ । ६४ वर्षको उमेरसम्म उनले आधा दर्जन महिलासँग विवाह समेत गरेर छाड्ने गरेको बताइएको छ । हाल उनी प्याफलमा उपचारकै क्रममा उनको सम्पर्कमा आईपुगेकी ३० बर्षिया युवतीसँग विवाह गरेर बस्दै आएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments