Incident Reports

६० वर्षीया महिलालाई बोक्सी भन्दै दुर्व्यबहार गर्ने दुई किशोरी पक्राउ

2018-08-15

६० वर्षीया एक जेष्ठ नागरिकलाई बोक्सी भन्दै दुर्व्यबहार गर्ने नवलपुरका दुईजना किशोरी पक्राउ परेका छन् । पाल्पाको निस्दी गाउँपालिकाकी ६० वर्षीया महिलालाई बोक्सीको आरोप लगाउँदै दुर्व्यबहार गरेको भन्दै पाल्पा प्रहरीले नवलपुरको बिनयत्रिबेणी गाउँपालिका-३ धारादीकी १६ वर्षीया तमसरी सिंजाली र मध्यबिन्दु नगरपालिका-१४ की १८ वर्षीया गीता कामुलाई पक्राउ गरेको हो । यही साउन १२ गते दिउँसो किशोरीहरुले ती महिलालाई बोक्सी भन्दै गाउँलेकै अगाडि सार्वजनिक रुपमा गालीगलोज गरेका थिए । जेष्ठ नागरिकलाई गालीगलोज र दुब्र्यवहार गरेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएपछि घटनामा संलग्न भएका सिंजाली र कामुलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Public humiliation
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media , Local Newspaper - Chitwan

0 Comments