Incident Reports

होस्टेलमा हल्ला गरेको आरोपमा प्रधानाध्यापकद्वारा कुटपिट

2018-08-22

Gandaki, Tanahun, Byas, Ward 3

व्यास नपा-३ दमौली स्थित बाराही आवासीय बोर्डिङ स्कुलका प्रधानाध्यापक लक्ष्मण ताम्राकारले होस्टेलमा हल्ला गरेको भन्दै तीन छात्रामाथि कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडितका अनुसार प्रधानाध्यापक ताम्राकारले विद्यालयकै होस्टेलमा बस्ने कक्षा १० मा अध्ययनरत १६ वर्षीया कविता आले, एकिका आले र कृष्टिना श्रेष्ठलाई भदौ ६ गते बिहान कुटपिट गरेका हुन् । भदौ ५ गते राति होस्टेलमा छात्राहरूले हल्ला गरेको भन्दै प्रधानाध्यापक ताम्राकारले होस्टेलमा गई बाँसको लौराले कुटपिट गरेका थिए । कुटपिटबाट बालिकाहरूको गोडा सुन्निएको र दमौली अस्पतालमा उपचार गरिएको पीडित बालिका कविताकी आमा बिमला आलेले बताइन् । राति होस्टेलमा सुत्ने बेलामा डराएर चिच्याएपछि बिहान साढे ६ बजे प्रधानाध्यापक ताम्राकारले आएर पिटेको बिमला आलेको भनाई छ । ‘राति डर लागेपछि नानीहरू कराएका रहेछन् ।’-उनले भनिन्-‘हल्ला गरेको निहुँमा प्रधानाध्यापकले कुटपिट गरेछन् ।’ बोर्डिङ्गका प्रधानाध्यापक ताम्राकारले भने रातभर हल्ला गरेपछि आवेशमा आएर आफूले उनीहरूलाई सामान्य कुटपिट गरेको बताए । ‘उनीहरू रातभर हल्ला गर्ने, नाच्ने गाउने गरेका थिए ।’-उनले भने-‘सम्झाउने कोसिस गर्‍यौँ । उल्टै मुखमुखै लागेपछि सामान्य रूपमा मात्रै कुटपिट गरेको हुँ ।’ ताम्राकारले उनीहरू अनुशासनमा नबसेको र पहिलापहिला पनि सम्झाउने कोसिस गरिएको बताए । यो समाचार तयार पार्दासम्म पीडित पक्षले कतै पनि उजुरी गरेको छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 3
Female Injured 3
Youth Injured 3
INSEC

0 Comments