Incident Reports

Mother buries daughter alive

2018-08-25

Gandaki, Gorkha, Siranchok, Ward 2

In what we call a gruesome act, 17-year-old mother has buried her own 11-day-old daughter alive. According to police Rashmi Gurung of Siranchowk rural municipality-2, Khamari dug a hole, wrapped her daughter in a sack and buried her alive 300 meters away from her house in the wee hours of Saturday (August 25). Rashmi committed this heinous crime when all the family members were asleep at 1 am on Saturday. A naming ceremony had been performed the other day and the baby had been named ‘Tika,’ according to a local. Rashmi had married 19-year-old Sabal Bhandari last year. Sarita Gurung, mother of Rashmi, was not happy with her daughter getting married to Bhandari. Police have started investigation into the case by taking Sarita, Rashmi and her youngest sister Babina into custody. ११ दिने शिशुको हत्या गरेको आरोपमा सिरानचोक गाउँपालिका-२ थालाजुङकी १७ वर्षकी रश्मी गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । रश्मीकी छोरीको भदौ ८ गते न्वारान गरिएको थियो । न्वारानकै दिन राति छोरी हराएको भन्दै रश्मीले आफन्तसँग हारगुहार गरेकी थिइन् । तर, प्रहरी अनुसन्धानका क्रममा रश्मी आफैंले छोरीको हत्या गरेर घर नजिकैको बारीमा खाल्डो खनेर पुरेको पाइएको जिल्ला प्रहरी प्रमुख एसपी बिमल बस्नेतले जानकारी दिए । प्रहरीले गुरुङलाई पक्राउ गरी ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाएको छ । यस्तो छ घटना विवरण भदौ ८ गते थालाजुङ खामबारीका सबल भण्डारी र उनकी श्रीमती रश्मी गुरुङकी ११ दिनको शिशु (छोरी) टीका भण्डारीको न्वारान थियो । न्वारानको दिन राति रश्मी छोरी लिएर सासु भएकै कोठामा सुतिन् । राति १२ बजेतिर एक्कासी शिशु रुन थाल्यो । प्रहरीका अनुसार रश्मीले बच्चालाई फकाउन काखमा लिएर कोठाको भित्र बाहिर गरिरहिन् । आमाको काखमा भएकाले घरका अरु सदस्यले खासै चासो दिएनन् । बाहिर पानी परिरहेको थियो । त्यही बेला रश्मीले बच्चालाई घरनजिकैको बासँको झ्याङमा छाडेर घर आइन् । उनी केहीबेरपछि फेरि बाँसको झ्याङमा पुगिन् । पानीले पुरै भिजेको बच्चाको शरीर चिसो भइसकेको थियो । त्यसपछि आफूले बारीमा खाल्डो खनेर बच्चालाई पुरेको र घरमा आएर छोरी हराएको भन्दै हारगुहार गरेको बयान रश्मीले प्रहरीसामू दिएकी छन् । बच्चा हराएको खबर पाएपछि भदौ ९ गते प्रहरीले रश्मी, उनका श्रीमान र सासुलाई सोधपुछका लागि प्रहरी कार्यालयमा ल्यायो । सोधपुछको क्रममा रश्मीले आफूले बारीमा गाडेको स्वीकार गरिन् । आफ्नी आमाले धम्की दिएकाले उक्त घटना गराएको बयान दिइन् । सबल भण्डारी र रश्मीको अन्तरजातीय विवाह थियो । उनीहरु परिवारको इच्छाविपरीत भागेर विवाह गरेका थिए । त्यही कारण माइती पक्षबाट पति र बच्चालाई मार्ने धम्की दिएको रश्मी बताउँछिन् । ‘ममीले तेरो श्रीमान र बच्चा दुबैलाई मारिदिन्छु भनेर बारम्बार धम्की दिइरहनुहुन्थ्यो’ सोधपुछको क्रममा रश्मीले दिएको बयान उधृत गर्दै प्रहरीले भनेको छ । रश्मीको वयानको आधारमा प्रहरीले उनकी आमा सरिता गुरुङलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । गुरुङलाई १० भदौमा काठमाडौबाट नियन्त्रणमा लिएको प्रहरलिे जनाएको छ । प्रहरी टोली मंगलबार घटनास्थल पुगेको छ । खाल्डो खनेर हेर्दा बोराभित्र शिशु मृत अवस्थामा भेटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी वस्नेतले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments