Incident Reports

Property of ward member captured by Biplov

2018-09-02

Lumbini, Rolpa, Madi, Ward 1

The house belonging to ward member Hari Prasad Gharti of Madi Rural Municipality-1 has been captured by the cadres of Netra Bikram Chand led Nepal Communist Party on August 30. The party has said that the house belonging to Gharti has been captured on charge of his involvement in financial anomalies on various project operated by the ward. They have accused him of mishandling more than Rs 4,24,000. Police have broken the lock and removed the flag put by the party on his house after the complaint was made at Area Police Office. Ward member Gharti accused and complaint against cadres of beating him on August 28 alleging him involving in corruption. तत्कालिन १० वर्षे युद्धको झल्को दिने गरी रोल्पामा निर्वाचित जनप्रतिनिधिको घर कब्जा गरिएको छ। बिप्लव नेतृत्वको नेकपा कार्यकर्ताले बिहीबार रोल्पाका एक वडा सदस्यको घरमा झन्डा गाडेर कब्जा गरेको जनाएका छन्। माडी गाउँपालिका–१, पेदीखोलास्थित वडासदस्य हरिप्रसाद घर्तीको घर कब्जा गरेको नेकपा रोल्पाका सेक्रेटरी सन्तोष सुवेदी प्रयासले स्वीकार गरे। उनका अनुसार घर्तीले भ्रष्टाचार गरेका कारण स्थानीय ‘जनसरकार’ले कारबाही गरेको हो। तर माओवादी केन्द्रबाट निर्वाचित वडासदस्य हरिप्रसाद घर्तीले भने आफूले भ्रष्टाचार नगरेको र गरेको प्रमाणीत भएमा कानून वमोजिम सजाय भोग्न तयार रहेको बताए। वडा सदस्य घर्तीले गाउँका विभिन्न योजनामा आर्थिक हिनामिना गरेको आरोप लगाइएको छ। आर्थिक पारदर्शीता नगरेसम्म घरजग्गा कब्जा हुने बिप्लव नेतृत्वको नेकपा रोल्पाले जनाएको छ। घरजग्गा कब्जा गर्नुअघि घर्तीसँग नेकपाका कार्यकर्ताले वडा सदस्य पदबाट राजीनामा दिनुपर्ने, गाउँकै विद्यालयलाई ७५ हजार दिनुपर्ने र सबै योजनाको खर्च सार्वजनिक गर्नुपर्ने शर्त राखेका थिए। विभिन्न योजनाको ४ लाख २४ हजारको हिसाबकिताब दुरुस्त देखाउन नसकेको बिप्लव नेतृत्वको नेकपाको आरोप छ। पेदीखोलामा निर्माण गरेको लालीगुराँस कृषक समूहको बीउ भण्डारण भवन निर्माण, भवन मर्मत, पानीपोखरी निर्माण, सिम्रीखोला कुलो मर्मत, बाख्राको खोर निर्माण, वन सफाई, ठाडोखोला खानेपानी योजना, सुन्तला पकेट क्षेत्र निर्माण लगायतका योजना खर्च पारदर्शी नभएको आरोप छ। उनीहरूका अनुसार विभिन्न योजनाका लागि गाउँमा आएको १८ लाख ४३ हजार ५ सयको खर्च विवरण पारदर्शीता गर्नसके मात्र घरजग्गा कब्जामुक्त गरिने छ। वडासदस्य हरिप्रसाद घर्तीले विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले आफूलाई ११ भदौमा अपहरण गरी जंगलमा लगि कुटपिट गरेको बताएका छन्। ‘मलाई राती ७ बजे तिर अपहरण गरेर जंगलमा लगेर रातभरी कुटपिट गरे।’ उनले प्रहरीमा उजुरी दिने बताएका छन्। उता गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनले सत्यतथ्य छानबिन भइरहेको बताएका छन। ‘पहिले २०७२ सालमा केयुबिकेको लगानी रहेको कृषी सम्बन्धी काम गर्दा घर्तीले रकम हिनामिना गरेको आरोप लगाएका रहेछन। कि राजिनामा कि पैसा देउ भनेपछि उनले राजिनामा दिएको भन्ने आएको थाहा पाएपछि हामीले प्रहरीमा उजुरी दिन लगाएका हौ।’ प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले भने। ‘प्रहरीमा उजुरी आएको थाहा पाए पछि बिप्लव नेतृत्वका कार्यकर्ताले घर्तीको घरमा झण्डा गाडरे घर कब्जा गरेको भनेका हुन। अहिले प्रहरीले उनीहरूलाई खोजिरहेको छ। कानुन बमोजिम कारबाही गर्छौ।’
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media , INSEC

0 Comments