Incident Reports

No translation available.

2018-09-01

आठबीस नगरपालिका वडा नं. ६ को खड्का गडेनस्थित दलित बस्ति । विहानको करिब ६ बजेतिर एक जना १५ वर्षीया किशोरी छाउगोठबाट निस्किईन् । तत्कालिन जनयुद्धताका गाउँमा महिलाहरु लुकेर छाउ बस्ने गर्थे, तर अहिले त्यो चलन फेरिएको छ । उनीहरु घर भन्दा अलग्गे बनाईएको गोठमा चाहेर, नचाहेर बस्न बाध्य छन् । खडका गडेनका जमुना विकले सासूका कारण महिनावारी भएका बेलामा घरमा बस्न नपाएको दुखेको पोखिन् । महिनावारी हुँदा घरको दलानमा समेत जान नपाइएको मा उनी दुखी थिइन् । ‘हामीले छाउ गोठमा बस्न नचाहेपनि परिवारका अरुले घरमा बस्न दिँदैनन्, उनले भनिन्,‘गोठमा बस्दा सर्पको डर हुन्छ ।’ विका अनुसार उक्त दलित बस्तीमा करिब १०० घर धुरी रहेका छन् । ती हरेक घरमा अलग्गै छाउगोठ छन् । विकले बस्तीका छाउगोठ निकै साँघुरो र अव्यवस्थित भएको बताइन् । उनले भनिन्,‘गोठ शौचालय भन्दा नराम्रा छन् ।’ दलित अगुवा दयाराम विकले समाजमा अहिले कुरीति थप बढेको बताए । ‘हामीले त भन्दै आएका छौं, घरमै बस्न भनेर तर परम्परादेखि चलिएको भन्दै मानिसहरुले यसलाई स्वीकार गर्न सकिरहेका छैनन्’ उनले भने । धर्म र देउता लाग्ने भन्दै पहिलेदेखि नै छाउ वार्ने गरिएको दैलेखमा पुरातनवादी सोचमा परिवर्तन आउन नसकेको उनको भनाइ छ । तत्कालीन शसस्त्र संघर्ष गरिरहेको माओवादीका दबाबका कारण स्थानीयले छाउ वार्न छोडेपनि अहिले भने सबैले बार्ने गरेका छन् । उनले भने, त्यो परम्परालाई तोड्न पहल गर्न आवश्यक छ । स्थानीय युवा बलबहादुर थापाले आफूले घरमै बसाल्ने गरेको बताए । ‘हामीले त उहीलेदेखि नै महिनावारी भएको बेला छाउगोठमा राख्ने प्रचलन हटाएका छौं’ उनले भने, हाम्रो टोलमा केही बुढा पुराना महिलाहरुले मात्रै छाउ वार्ने गरेका छन्, ती महिलाहरु पनि घरकै तल्लो तलामा बस्ने गरेका छन् । आठबीस नगरपालिलका वडा नं. ६ का वडा अध्यक्ष धीरबहादुर शाहीले समाजमा रहेको छाउपडीलाई उन्मुलन गर्ने गरी कार्यक्रम ल्याइने बताए । कसैलाई जर्बजवस्ती घरमा राख्न सकिँदैन । उनले भने, तर विस्तारै जनचेतनामुलक कार्यक्रमहरु गरेर नगरपालिका यस्ता बेथिति हटाउन प्रयास गर्नेछ । उनले अभियान नै सञ्चालन गरेर छाउगोठहरु भत्काउने बताए ।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis