Incident Reports

8 people arrested on charge of abduction

2018-09-06

Bagmati, Bhaktapur, Changunarayan

8 people have been arrested on charge of abduction of 47 years old Bishnu Katuwal, resident of Helambu rural municipality, Sindhupalchowk district. Bishnu Katuwal was abducted from Sallaghari, Bhaktapur. Area police office of Banepa and Kavre arrested 23 years old Dipak Bhujel resident of Banepa municipality, 40 years old Rajan Ghorasaini of Namo Budhha municipality , 26 years old Krishna Bahadur Adhikari resident of Sarlahi, 29 years Rameshwor Silwal resident of Sunkoshi rural municipality, Sindhupalchowk, 35 years old Tek Bahadur B.K of Ramechhap and 42 years old Dhan Narayan Tandukar, 28 years old Ranjan Silwal, 42 years old Nakul Karki were arrested by police. Police is further investigating the case. भक्तपुरको सल्लाघारीबाट एक व्यक्तिलाई अपहरण गरेको आरोपमा ८ जना अपहरणकारीलाई इलाका प्रहरी कार्यालय बनेपाको टोलीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउपालिकाका ४७ वर्षीय विष्णु कटुवाललाई अपहरण गर्ने ८ जनालाई इलाका प्रहरी कार्यालय बनेपा र पनौती चौकीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नम्बर १ का २३ वर्षीय दिपक भुजेल, काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका वडा नं. १० बस्ने ४० वर्षीय राजन घोरासैनी, सर्लाही घर भई बनेपा बस्ने २६ वर्षीय कृष्णहरि अधिकारी, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नं. ५ घर भई सूर्यविनायक बस्ने २९ वर्षीय रामेश्वर सिलवाल, रामेछाप खाडादेवी गाउँपालिका वडा नं. १ बस्ने ३५ वर्षीय टेकबहादुर विक, काठमाडौं महानगरपालिका वडा नं. २८ बस्ने ४२ वर्षीय धननारायण तण्डुकार र सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नं. ५ घर भई हाल मकवानपुर बस्ने २८ वर्षीय रन्जन सिलवाल र मकवानपुर पालुङ ७ बस्ने ४२ वर्षीय नकुल कार्की (गाडी चालक) पक्राउ परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख रविराज खड्काले जानकारी दिनुभयो । भक्तपुरको सल्लाघारीबाट अपरिचित व्यक्तिहरुले निलो रंगको ट्याक्सीमा राखी नालाको बाटो हुँदै काभ्रेतर्फ लिएर हिँडेको भन्ने जानकारीको आधारमा प्रहरीले उनीहरुलाई पिछा गरेको थियो । ‘एक व्यक्तिलाई केही व्यक्तिहरुले कारमा राखेर लैजाँदै छन् भन्ने सूचनाको आधारमा हामीले पिछा गर्‍यौँ, काभ्रेको चौकोटबाट उनीहरुले प्रयोग गरेको कार, मोटरसाइकल सहित ८ जना समात्यौँ’, इलाका पहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक सुनिलजंग शाहले बताउनुभयो । इलाका प्रहरी कार्यालय बनेपाको इन्सपेक्टर सुनिलजंग शाह र पनौती चौकीका प्रहरी नायव निरीक्षक शिवहरि कार्कीको टोलीले धुलिखेल न.पा–५ चौकोट बाट अपहरण गर्न प्रयोग गरिएको बा ५ च ८७३५ नम्बरको प्राइभेट कार, बा ७८ प ५०५ नम्बरको मोटरसाइकल र बा ३४ प ५०० नम्बर स्कुटी सहित ८ जना पक्राउ परेको छ । पक्राउ परेका सबैलाई अनुसन्धानका लागि भक्तपुुर जिल्ला पठाउने खड्काले जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 8
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Abducted 1
National/Online Media , Police website , Local Newspaper - Chitwan

0 Comments