Incident Reports

Probe committee member appeals for safety citing threats from ‘powerful’ criminals

2018-09-11

An under secretary, part of the committee formed to investigate rape and murder of teenager Nirmala Panta of Kanchanpur, has resigned and appealed for safety of his life citing threats from ‘powerful’ criminals. Under Secretary at the Internal Affairs Ministry of Province 7 Birendra KC has resigned on Monday and appealed to the National Human Rights Commission (NHRC) and other bodies for safety of his life stating that he may be murdered by ‘powerful’ criminals due to the investigations he did on the case. “I argued that the time to keep the accused in custody will expire and the DNA tests will also be complicated by extension of the committee’s deadline, but the deadline was still extended,” KC told Setopati. “I left the committee after my repeated requests to not extend the deadline as that may invite accident and the guilty may escape were not heeded.” He stated that he left the committee as he felt it was impossible from his side to provide justice to Nirmala and her family through the probe committee. He added that he has resigned from the committee after feeling that preparing the report will result in a bigger security threat. The central government had extended the probe committee’s deadline by 15 days on Sunday. The government on August 23 had formed the five-member probe committee under Director General of the Department of Prison Management Hari Mainali. The body of 13-year-old Panta of Bhimdutta municipality 2, who had gone to a friend’s home for study on July 26, was found at a sugarcane field the next day. The police on August 18 arrested Dilip Singh Bista, 41, of Bhimdutta-19 and produced him before the Kanchanpur District Court as the main accused. But the locals have been claiming that Bista has been framed by the police to save the real culprits. Nirmala’s father Ek Raj has claimed that the police put pressure on him to file a complaint identifying Bista as the main accused. One boy was killed in police firing and dozens injured in clashes with police as the locals protested for days accusing the police of trying to save the real culprits. The then SP of Kanchanpur Dilli Raj Bista was then suspended for mishandling the case. Nirmala’s friend Roshani Bam, whose house she had visited before she was raped and murdered, and her elder sister Anita Bam were arrested on August 25 following the intense public pressure. - बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तकाे हत्याको अनुसन्धान गर्न बनेको उच्च स्तरीय छानविन समितिका सदस्य बिरेन्द्र केसीले निर्मलालाई न्याय दिलाउँदा अाफ्नै ज्यानको खतरा महसुस गरेर राजिनामा दिएको बताएका छन। ‘सत्य तथ्य पत्ता लगाएर निर्मलालाई न्याय दिलाउन खोज्दा मेरो हत्या हुन सक्ने अवस्था आयो, मैले सुरक्षा खतरा महसुस गरेर समितीवाट बाहिरिएको हुँ’ केसीले नागरिकलाई भने। छानविन समितिमा रहेर निर्मलालाई न्याय दिलाउन सक्ने अवस्था नरहेको उनले बताए। अपराधी शक्तिशाली भएको संकेत गर्दै उनले छानविन समितिमा रहेर घटनाको सत्यतथ्य वास्तविक अपराधी वाहिर ल्याउन सक्ने अवस्था नरहेको उनले बताए। ‘म सरकारको कर्मचारी हुँ, मैले धेरै वोल्दा गाह्रो हुन सक्छ, मेरो उद्देश्य निर्मलालाई न्याय मिलोस भन्ने हो, छानविन समितिमा रहेर निर्मलालाई न्याय दिलाउन असम्भव भएपछि राजिनामा दिएको हुँ’ उनले टेलिफोनमा नागरिकलाई भने। घटनाको सत्यतथ्य बिवरण वाहिर ल्याउन खाेज्दा ज्यान नै खतरामा परेको उनले बताए। कसवाट ज्यानको खतरा भयाे भन्ने कुरा भने उनले खुलाउन मानेनन्। सत्यतथ्य घटना वाहिर ल्याउँदा तपाईको हत्या नै हुने अवस्था आउनु भनेको हत्याको घटनामा शक्तिशाली व्यक्ति नै संलग्न हो ? भनेर सोधेको प्रश्नको जवाफमा उनले भने,‘घटनाको भित्री पाटोमा म जान चाहदैन, मलाई ज्यानको खतरा भएकोले समितिवाट वाहिरिएको हुँ।’ समितिवाट वाहिरिदा समेत अाफ्नाे ज्यान जोखिममा रहेकाे उनी बताउँछन्। ‘मेरो हत्या अझै पनि हुनसक्छ मैले ज्यानको सुरक्षाका लागी मानवअधिकारवादी संघसंस्थालाई गुहारेको छुँ।’ उनले भने। समितिको म्याद थप गर्दा निमर्लाले न्याय पाउने अवस्था नरहेको उनले बताए। डिएनए टेस्टको कम्प्लिकेशन र १५ दिनभित्र प्रतिवेदन पेश नगरेमा हुन सक्ने संभावित दुर्घटना र अपराधी उम्कन सक्ने कुरा पटकपटक समिति समक्ष राखेको उनले बताए। समितिको म्याद थप गर्दा वास्तविक दोषी पत्ता लाग्नेमा थप जटिलता आउने उनले बताए। ‘छानविन समितिवाट निर्मलालार्इ न्याय दिलाउन सकिने अवस्था छैन’ उनले भने। उनी आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव हुन। १५ दिनको म्याद दिइएको यो समितिलार्इ गृह मन्त्रालयले थप १५ दिनकाे म्याद थपेको छ। update.......................................... निर्मला हत्याप्रकरण : आफन्त भन्छन्, न्यायको आशा मर्‍यो कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तले न्याय पाउनेमा शंका लागेको भन्दै उच्चस्तरीय छानबिन समितिका सदस्य एवं आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले राजीनामा दिएका छन् । केसीको राजीनामाले घटनाको सत्यतथ्य बाहिर आउनेमा शंका बढेर गएको हो । प्रहरीको नयाँ अनुसन्धान टोली र सीआईबीकै नयाँ नेतृत्वले सत्यतथ्य बाहिर ल्याउला भन्ने आशामा रहेका पन्त परिवार उच्चस्तरीय समितिका सदस्यको राजीनामाले झन् सशंकित बनेका हुन् । अपराधी पक्राउ पर्छन् भन्ने आशामा रहेका निर्मलाका बुवाआमाको पनि छोरीले अब न्याय पाउने आशा मरेको बताए । ‘मैले त अहिलेसम्म पनि न्याय पाइएला कि भन्ने सोचेको थिएँ’, निर्मलाका बुवा यज्ञराज पन्तले भने, ‘अब भने यो आस मर्न थाल्यो ।’ घटनाले प्रतिदिन नयाँ मोड लिनुले न्याय पाउने कुनै सम्भावना नरहेको उनी बताउँछन् । उनले भने, ‘प्रधानमन्त्रीले केही दिनअघि एक टीभी अन्तर्वार्तामा दिएको अभिव्यक्तिले नै छोरीले न्याय पाउने आशा मारिसकेको थियो ।’ वास्तविक अपराधी जोगाउन राज्य नै लागेकाले आफूहरू न्याय पाउनबाट वञ्चित हुनुपर्ने अवस्था आएको उनले बताए । सरकारले नै अपराधी बचाउन खोजेपछि आफूहरूको छोरीले न्याय पाउने अब कुनै सम्भावना नदेखेको निर्मलाकी आमा दुर्गादेवीले बताइन् । ‘छोरीका हत्यारा पक्राउ पर्लान् र छोरीलाई न्याय देला भन्ने आशा थियो’, उनले भनिन् ‘अब झन् शंका बढ्दै गएको छ ।’ डेढ महिनासम्म पनि न्यायको आस जीवितै राखे पनि अब भने त्यो पनि मरेको उनको भनाइ छ । समितिका सदस्यले राजीनामा दिएपछि निर्मलालाई न्याय दिने अभियानमा क्रियाशील रहेकाहरूसमेत सशंकित बनेका छन् । ‘छानबिन समितिका एक सदस्यको राजीनामाले झन् खतरा देखिएको छ’, अधिकारकर्मी एवं अधिवक्ता पुनम चन्दले भनिन्, ‘हत्यारा जोगाउन अब झन् चलखेल हुने देखियो ।’ समितिकै सदस्यले आफ्नो समितिको छानबिनमा असहमति राखेर राजीनामा दिइसकेपछि आशंका बढेको उनले बताइन् । अधिकारकर्मी शारदा चन्दले घटनाको अनुसन्धान गर्न गठित समितिकै सदस्यको राजीनामा आउनुले निर्मलाले न्याय पाउला भन्नेमा आशंका बढाएको बताइन् । ‘ छानबिन समितिका सदस्यको राजीनामापछि वास्तविक हत्यारा पक्राउ पर्दैनन् भन्ने प्रस्ट भएको छ’, उनले भनिन् । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले भने समितिको काम छानबिन गर्ने मात्रै भएकाले समितिका सदस्यको राजीनामाले अनुसन्धानमा असर नपर्ने जनाएको छ । ‘समितिले हामीलाई अनुसन्धानमा केही सहयोग गर्न सक्ने हो तर सदस्यकै राजीनामा आए पनि समितिलाई आवश्यक भए अर्को मानिस थप गर्न सक्ला’, कञ्चनपुरका प्रहरी उपरीक्षक कुबेर कडायतले भने । प्रहरीको अनुसन्धानमा भने समितिका सदस्यले राजीनामा गर्दा कुनै असर नपर्ने बताए । उच्चस्तरीय छानबिन समिति पनि सदस्यको एक्कासि आएको राजीनामाले अचम्भित बनेको छ । समितिका संयोजक हरिप्रसाद मैनालीले रिपोर्ट लेख्ने काम भइरहेकै बेला सदस्यको राजीनामा कसरी आयो आफूलाई जानकारी नभएको बताए । ‘हामी १५ दिनसम्म एकसाथ भएरै घटनाको छानबिन गरेका हौं’, उनले भने, ‘अहिले छानबिनपश्चात् रिपोर्ट लेख्ने काम सुरु गर्ने तयारी थियो, उहाँले राजीनामा दिएको थाहा भयो ।’ मैनालीले छानबिन क्रममा उहाँको कुनै मतभिन्नता नरहेको प्रस्ट पारे । संयोजक मैनालीले गृह मन्त्रालयले तोकेको मापदण्डअनुसार नै समितिले छानबिन गरेको बताए । उनले निलम्बित एसपी डिल्लीराज विष्ट र प्रहरी प्रधान कार्यालयमा तानिएका अन्य प्रहरी अधिकृतहरूसँग सोधपुछ बाँकी नै रहेका बेला सदस्यले राजीनामा दिएको बताए । सरकारले छानबिन समितिको १५ दिन म्याद थप गरेको छ । निर्मला हत्या प्रकरणमा नयाँ मोड : छानबिन समिति सदस्यकै राजीनामा छानबिन समितिबाट राजीनामापछि केसीले भने : निर्मलाले न्याय पाउन गाह्रो छ निर्मला हत्या प्रकरण : छानबिन समितिका सदस्यलाई मार्ने धम्की उपसचिव केसीले समितिको म्याद थप भएको विषयमा असहमति जनाउँदै राजीनामा दिएको जनाएका छन् । उनले १५ दिन म्याद थप गरिएपछि निर्मलाले न्याय पाउनेमा शंका लागेर राजीनामा दिएको प्रतिक्रिया दिएका छन् । ‘म्याद थप भएपछि समितिमा बसेर अरू काम गर्न मैले उपयुक्त ठानिनँ’, उनले भने, ‘मलाई ज्यानको जोखिम पनि देखिएको छ ।’ ‘घटनाको छानबिन क्रममा सत्यतथ्य प्राप्त गर्ने र मुख्य अपराधी पत्ता लगाउन लागिपर्ने अठोटसँगै आफू क्रियाशील रहँदा मेरो ज्यान जोखिममा रहेको र शक्तिशाली अपराधीबाट मलाई जुनसुकै समयमा पनि हत्या गर्न सक्ने प्रवल सम्भावना रहेकाले, नेपाल सरकार, राष्ट्रिय मानवअधिकार आयोग, युनाइटेड नेसन ह्युम्यान राइट्स अफिस अफ द हाई कमिसन, मानवअधिकार सम्वद्र्धन तथा प्रवद्र्धन गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था, सञ्चार जगत् नागरिक समाज र राजनीतिक दललगायतलाई मेरो जीवन रक्षाका लागि सहयोग गरिदिन हार्दिक आग्रह गर्दछु’, केसीले हस्तलिखित जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी निर्मला पन्तको अर्काे दिन भीमदत्त नगरपालिका–२ र १८ को निम्बुखेडा खोला नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

0 Comments

Related Reports
Related Trend Analysis