Incident Reports

रकम लिन बोलाएर झापामा व्यापारीको विभत्स हत्या

2018-09-11

Province 1, Jhapa, Damak

दमकका एकजना व्यावसायीको जिल्लाकै गौरीगञ्जमा विभत्स हत्या भएको छ। झापाकै कमल गाँउपालिका-६ घर भइ दमक नगरपालिका-६ मा व्यावसाय गर्दै आएका खेमराज पौडेलको गौरीगन्जमा हत्या भएको हो । पसलको रकम उठाउन गौरीगञ्जमा बोलाएर अपहरणपछि उनको हत्ता गरिएको उनका भतिज तथा पत्रकार युवराज विवशले जानकारी दिए । पौडेलको शव विभत्स अवस्थामा गौरीगञ्जस्थित नेपाल-भारत सीमाक्षेत्रमा भेटिएको हो । इलाका प्रहरी कार्यालय गौरीगञ्जका अनुसार पौडेलको शव गौरीगन्जको सीमाक्षेत्र देवीगन्जस्थित एकान्तमा भेटिएको हो । पौडेलले दमकमा कपडा पसल चलाउँदै आएका थिए । पौडेल सोमबारबाटै हराइरहेका थिए । इलाका प्रहरी कार्यालय गौरीगन्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलका अनुसार पौडेलको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । व्यवसायी पौडेलको विभत्स अवस्थाम शव भेटिएको दमक उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विमल खतिवडाले पनि जानकारी दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Jhapa , Local Newspaper - Dhanusha

0 Comments

Related Reports