Incident Reports

Two sisters injured in Rautahat acid attack

2018-09-12

Madhes, Rautahat, Chandrapur, Ward 6

[Updated] Two sisters sustained serious injuries in an acid attack at Chandrapur Muncipality-6 in Rautahat district on Tuesday night. Police said Samjhana Das, 18, and her sister Susmita, 15, while asleep in their home when an unidentified group reportedly barged inside their bedroom and threw acid on their faces. The two sisters received primary care at Chandranigahapur Hospital before they were taken to Kathmandu for further treatment. The girls’ father, Jadolal Das, said the incident occurred at around midnight. By the time the police team from Area Police Office, Chandrapur, reached the Das residence, the assailants had long fled the scene. No arrests had been made as of Wednesday afternoon. Deputy Superintendent of Police Yuvaraj Khadka said since the two sisters did not know any of the attackers, police were having difficulty identifying the suspects based on their descriptions. यहाँको चन्द्रपुर नगरपालिका–६ बजारटोलका दुई किशोरीमाथि अज्ञात व्यक्तिले तेजाव हानेका छन् । तेजाव आक्रमणमा परेका दुवैजना दिदी बहिनी हुन् । चन्द्रपुर नपा–६ बजारटोलकी १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मिता दासलाई मंगलबार राति करिब १२ बजे अज्ञात व्यक्तिले अनुहारमा तेजाव हानर भागेका हुन् । घरमा सुतिरहेको अवस्थामा दुवैजनाको अनुहारमा तेजावले आक्रमण गरी भागेको पीडित परिवारले जनाएको छ । तेजाव हानेर भाग्ने व्यक्तिको खोजी गरीरहेको प्रहरीले जनाएको छ । तेजाव आक्रमणबाट घाइते भएका दुवैजनालाई चन्द्रपुर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौँ लगिएको छ । अनुहारमा तेजाव लागेर घाइते दुवै दिदी बिहिनीको उपचारका काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा भइरहको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । राति करिब १२ बजे नचिनेको व्यक्तिहरु ढोका खोलेर घरमा पसेर दुवै छोरीको अनुहारमा तेजाव हानेर भागेको पीडित किशोरीहरुका बुवा जादोलाल दासले बताएका छन् । ढोकाको चुकुल कमजोर रहेकाले तेजाव आक्रमण गर्ने व्यक्तिले सहजै खोलेको पीडित परिवारको अनुमान छ । सम्झनाको अनुहारमा घाउ र आ“खामा तेजावका कारण धेरै चोट लागेको छ । सुस्मिताको टाउको र अनुहारमा घाउ भएको छ । अध्यारो भएकाले तेजाव हान्ने व्यक्ति चिन्न नसकेको उनीहरुले बताएका छन् । घाइते सम्झनाले जनज्योति माविमा कक्षा ७ मा पढेर छोडेकी थिइन् भने १५ वर्षीया सुस्मिता त्यही विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिइन् । दुवै घाइतेहरु राति उपचार गर्न ल्याएको बताउँदै चन्द्रपुर अस्पताल प्रालिका डा. सुभाष कुमार चौधरीले उनीहरुको अनुहारमा घाउ भएको जानकारी दिएका छन् । घटनाको खबर पाएलगत्तै डिएसपी युवराज खड्काको टोली घटनास्थल पुगेको थियो । घटनाबारे अनुसन्धान भइरहेको जनाउँदै उनले फरार व्यक्तिको खोजी पनि जारी राखिएको बताए । Update... Samjhana Das, 17, of Rautahat Chandrapur Municipality-6 died while undergoing treatment at ICU ward in Kritipur Hospital on September 23. She was attacked with acid on the night of September 11 while sleeping. The doctors involved in her treatment said that she sustained more than 35% burnt on her body which is a major burn in a medical term. Spokesperson Dr Surendra Jung Basnet of the hospital said that she died after having respiratory problem due to the “Sepsis”. Another victim Sushmita, 15, a sister of Samjhana was also injured in a same attack and her health condition is normalizing according to the hospital. The victim’s father Jado Lal Das accused Ram Babu Paswan of attacking both sisters with an acid on the night of September 11 while they were sleeping. The accused was arrested on September 17 by the police based on FIR lodged by the victim’s family. The accused was made public by the police in a press conference on September 18. कीर्तिपुर अस्पतालको आइसीयू कक्षको बेड नम्बर पाँचमा उपचाररत एसिड पीडित १७ वर्षीया सम्झना दासको मृत्यु भएको छ । भदौ २६ गते राति सुतिरहेको अवस्थामा एसिड आक्रमणमा घाइते भई उपचाररत दासको असोज ७ गते राति ११ बजेर ४० मिनेटमा निधन भएको अस्पताल प्रशासनले जनाएको छ । रौतहटकी किशोरी सम्झना दासको मृत्यु भएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार सम्झनाको शरीर ३५ प्रतिशत भन्दा बढी जलेको थियो । यस्तो अवस्था चिकित्सकीय भाषामा ‘मेजर बर्न’ (गम्भीर जलेको) भनिन्छ । मेडिकल भाषामा ‘सेप्सिस’ (सङ्क्रमण) अवस्थामा रहेकी सम्झनाको स्वासप्रस्वास प्रणालीले काम गर्न छाडेपछि राति उनको निधन भएको अस्पतालका प्रवक्ता डा. सुरेन्द्रजङ्ग बस्नेतले जानकारी दिए । शरीरको २० प्रतिशत भन्दा बढी भाग जलेको अवस्थालाई मेजर बर्न भनिन्छ । बालबालिकाहरूमा भने १० प्रतिशत शरीर जल्नुलाई मेजर बर्न भनिने चिकित्सकको भनाई छ । एसिडबाट शरीर जल्नु जीवनरक्षाका दृष्टिले अझ सम्वेदनशील हुन्छ । अस्पताल पु‍र्‍याउनुअघि आइसले शरीर चिस्याउनेलगायतका काम गर्न नसकेमा उपचार प्रभावकारी नहुने चिकित्सकले बताए । चिकित्सकका अनुसार सम्झनाको अनुहार, टाउको, छाति, ढाड, हातलगायतका अङ्ग जलेका थिए । सम्झनाकी बहिनी १५ वर्षीया सुस्मिताको भने अवस्था सामान्य बन्दै आएको छ । उपचारपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । दिदीबहिनीलाई सुतेकै ठाउँमा एसिड हानिएको थियो । घाइते भएका दुवैजनालाई रौतहटको चन्द्रपुर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो । रौतहट चन्द्रपुर नपा-६, ठोक टोलकी मृतक सम्झनाको असोज ८ गते त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरी शव परिवारको जिम्मा लगाउने तयारी भएको अस्पतालले जनाएको छ । सम्झनाले स्थानीय जनज्योति माविमा ७ कक्षासम्म पढेकी थिइन् । पारिवारिक द्वन्द्वका कारण उनले थप पढ्न नपाएको स्थानीय सन्तोषी साहले बताइन् । पारिवारिक द्वन्द्वसँगै पीडितहरूकी आमा धनमाया मोक्तान लामाले २ वर्षअघि सम्बन्ध विच्छेद गरेकी थिइन् भने बुबा जादोलालले ०७४ जेठमा महोतरीकी परमशिलादेवी दाससँग विवाह गरेका थिए । सम्झनाकी बहिनी सुस्मिता भने ६ कक्षामा अध्ययनरत छिन । खाना खाएर एउटै ओछ्यानमा सुतिरहेका दिदीबहिनी माथि राति १२ बजे उनीहरूकै ४५ वर्षीय छिमेकी रामबाबु पासवानले एसिड आक्रमण गरेको पीडतका बुवा जादोलाल दासले आरोप लगाएका छन् । पीडित परिवारले दिएको किटानी उजुरीका आधारमा रामबाबुलाई असोज १ गते कीर्तिपुर अस्पताल परिसरबाट गिरफ्तार गरी असोज २ गते रौतहट प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Primary Cause Other types of GBV
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Dhanusha , INSEC , Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat

0 Comments