Incident Reports

६१ वर्षे बृद्धको हत्यापछि दुई दिदीबहिनीले गरे आत्मसमर्पण

2018-09-13

Bagmati, Ramechhap, Ramechhap

रामेछापमा १३ र १८ वर्षीया दुई किशोरीले एकजना बृद्धको हत्या गरेका छन् । जिल्लाको रामेछाप नगरपालिका-७ मुडाजोरका ६१ वर्षीय ढालबहादुर श्रेष्ठको हत्या गरी ती दिदीबहिनीहरुले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । ढालबहादुरको हत्या गरेको भन्दै सोही ठाउँकी १३ र १८ वर्षे ती दिदीबहिनीले प्रहरी समक्ष आत्मासमर्पण गरेका हुन् । ढालबहादुरलाई उनकै घर अगाडि बाटोमा बिहान ७ बजेतिर रडले हानेर हत्या गरेको उनीहरूले बताएको रामेछाप प्रहरीले जानकारी दिएको छ उनीहरुले बृद्धको बानिब्यहोरा ठीक नभएकोले हत्या गरेको बयान दिएको रामेछापका प्रहरी नायब उपरीक्षक अमरेन्द्रबहादुर सिंहले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Jhapa , INSEC

0 Comments

Related Reports