Incident Reports

बिहे गर्छु भन्दै युवती बेच्ने दुईजना पक्राउ

2018-09-18

युवतीलाई विवाह गर्छु भनेर ललाई फकाई भारततर्फ लैजादै गरेको अवस्थामा दुईजना युवा पक्राउ परेका छन् । पाँचथरको फिदिम नगरपालिका ५ की १९ वर्षीय युवतीसँगै ती दुई युवालाई इलामको पशुपतिनगर नाकाबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत दार्जिलिङ्ग जिल्लाको सुकिया बस्ने दलवीर मुखिया र दार्जिलिङ्गकै राङ्गबाङ्ग बस्ने आयुष विक रहेका छन् । पक्राउ परेका ४२ वर्षका मुखिया र २२ वर्षका विकलाई जिल्ला अदालतमा बुझाइएको छ । उनीहरुलाई मानव बेचविखनसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनु भएको छ ।
National/Online Media

0 Comments