Incident Reports

Elderly person misbehaved, accused of being witch

2018-09-20

Sudurpashchim, Kailali, Dhangadhi, Ward 16

Jokhan Chaudhary,70 of Dhangadhi sub-metropolis-16 is misbehaved and beaten by 45 years old Bhikhu Chaudhary of the same place on September 18 alleging him of being witch. The accused was arrested by the police on September 20. The victim’s son Padam Chaudhary said that his father was given physical torture by drowning him in water along with beating alleging him of being witch. He was charged of destroying the crops by spelling black magic. The victim’s son said that the case is being pressurized for the settlement however he added that the accused must get punished. The victim sustained several bruises and injuries during beating. On September 19, the complaint against the accused was lodged at DPO Kailali and he was arrested the next day for investigation according to DSP Hari Oli. The victim underwent health checkup at Seti Zonal Hospital on September 19. बोक्सो भन्दै गाउँका एक वृद्ध जोखन चौधरी (७०) लाई कुटपिट गरेको आरोपमा धनगढी –१६, रामपुर गाउँका भिखु चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ । आफूलाई गाउँको नेता ठान्ने चौधरीले खेतको धान बिगारेको भन्दै बोक्सोको आरोपमा वृद्ध चौधरीलाई स्थानीय खोलाको पानीमा डुबाएर कुटपिट गरेको पीडितका छोरा पदम चौधरीले बताउनुभयो । मंगलबार बिहान राँगोलाई पानी खुवाउन नजिककैो खोलामा गएका बेला कुटपिट गरेको छोरा चौधरीले बताउनुभयो । बुवालाई कुटपिट गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय धनगढीमा पीडितले दिएपछि कुटपिट गर्ने पीडक चौधरीलाई बिहीबार गाउँबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ । यसअघि पनि पटक–पटक गाउँका स्थानीयलाई कुटपिट गरी दुःख दिँदै आएका भिखु चौधरीलाई छुटाउन केही नेताहरु लागेको पीडित पक्षले बताएका छन् । कुटपिट गर्ने चौधरी राप्रपाका स्थानीय नेता भएको स्थानीयको भनाई छ । उनका छोराहरुले समेत बुवालाई छुटाउन गाउँको घटना भन्दै मिलापत्र गर्न दबाब दिएको पीडितहरुले बताएका छन् । पीडित चौधरीका छोरा पदम चौधरीले गाउँको घटना भन्दै मिलापत्र गराउन चौतर्फी दबाब आइरहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी हरि ओलीका अनुसार पीडित पक्षको जाहेरीका आधारमा कुटपिट गर्ने चौधरीलाई पक्राउ गरिएको बताउनुभयो । बोक्सोको आरोपमा एक वृद्धलाई अनावश्यक रुपमा कुटपिट गरेको पाइएकाले कानुनअनुसार पीडकलाई कारबाही गरिने डीएसपी ओलीले प्रतिबद्धता गर्नुभयो । पीडक चौधरीले वृद्धलाई एकाबिहानै खोलाको पानीमा डुबाएर पिटेको देखेपछि स्थानीयले बचाएको पीडितका छोरा चौधरीले बताउनु भयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments