Incident Reports

बुहारी हत्याका आरोपित गिरफ्तार

2018-05-09

Gandaki, Nawalparasi West, Sarawal, Ward 6

सरावल गाउँपालिका–६ कुर्थावलकी ३८ वर्षीया सुमित्रा हरिजनको हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय ससुरा चिनक हरिजनलाई असोज ७ गते गिरफ्तार गरेको छ । आरोपितले घरयासी विवादमा वैशाख २५ गते कुटपिट गरी गम्भीर घाइते भएकी सुमित्राको भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा असोज ६ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित पक्षले असोज ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले अरोपितलाई गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिपेन्द्र गुरूङले बताए । घटना लगत्तै कुटपिटमा उजुरी दिएकोमा मृत्यु पश्चात कर्तव्य ज्यानमा किटानी उजुरी परेको इन्स्पेक्टर गुरूङले बताए । शवको पोष्टमार्टम असोज ७ गते भैरहवास्थित मेडिकल कलेजमा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments