Incident Reports

आगजनी गरेको आरोपमा माओवादीका क्षेत्रीय इन्चार्ज पक्राउ l

2013-11-10

१ का एमाओवादीका प्रत्यक्षतर्फका उम्मेदवार मुक्सामहाङ मेन्याङवो लिम्बूले प्रयोग गर्ने गाडीमा आगो लगाउने नेकपा-माओवादीका क्षेत्रीय इन्चार्ज शिसिर राईलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ । उम्मेदवार मेन्याङ्बोले माइकिङका लागि नियमित प्रयोग गर्दै आएको को १ ज १९५८ नम्बरको गाडी चालक असिम बसेको धरान-१५ महादेव चोकस्थित घरमै राखेको अवस्थामा मोटरसाइकलमा आएका केही युवाहरुले टायरमा पेट्रोल छर्केर आगो लगाएका थिए । आगो लगाए लगतै ती युवाहरु भागेको प्रहरीले जनाएको छ । चुनाव बहिस्कारमा उत्रेको नेकपा-माओवादीका क्षेत्रीय इन्चार्ज शिसिर राई र एमाओवादी उम्मेदवार मेन्याङबोका चुनावी प्रचार अभियानका गाडी चालक समेत रहेका असिम एउटै घरमा बस्दै आएका थिए । पार्टी फरक रहेपनि एउटै घरको बेग्ला बेग्लै कोठामा बस्दै आएको अवस्थामा गेट भित्र राखेको गाडीमा आगो लगाउन शिशिरले गेट खोली दिएर सहयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । आगजानीबाट गाडीमा समान्य क्षति पुगेको जनाइएको छ । नेकपा-माओवादीले विनाकारण शिशिरलाई पक्राउ गरी हिरासतमा राखेको जनाएको छ । मुक्सामहाङ मेयाङवो लिम्बूले भने आफूले प्रयोग गर्ने गाडीमा आगजानी भएको विषयमा सोधपुछको लागि उनलाई प्रहरीले ईलाका प्रहरी कार्यालयमा बोलाईएको बताए ।

0 Comments

Related Reports
Related Trend Analysis