Incident Reports

१० वर्षीया बालिकाको बलात्कारपछि हत्या, आरोपित दुई जना गिरफ्तार

2018-10-12

Madhes, Dhanusha, Aaurahi, Ward 2

औरही गाउँपालिका–२ की १० वर्षीया मनिताकुमारी यादवको सामूहिक बलात्कारपछि हत्या गरिएको अवस्थामा धान खेतमा असोज २७ गते शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपेन्द्र शाहीले बताए । दुर्गा पूजाको मेला हेर्न गएकी बालिका असोज २६ गते साँझदेखि हराएकी थिइन् । बालिकालाई बलात्कार गरी हत्या गरेर फालिएको अवस्थामा लाश फेला परेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले औरही गाउँपालिका–५ का ३२ वर्षीय विनोद मुखिया र सोही गाउँपालिका–३ का ३० वर्षीय नथुनी पण्डितलाई असोज २७ गते गिरफ्तार गरेको डिएसपी शाहीले बताए । अनुसन्धानका क्रममा विनोद मुखियाले पैसा दिएर बालिकालाई फकाएको खुलेपछि उनलाई गिरफ्तार गरेको डिएसपी शाहीले बताए । मुखियाको बयानपछि नथुनी पण्डित लाई पनिगिरफ्तार गरिएको हो । प्रहरीका अनुसार दुवै जनाले आरोप स्वीकार गरेका छन् । पोष्टमार्टमाटका लागि जनकपुर अञ्चल अस्पतालमा शव राखिएको छ । पीडित पक्षले असोज २७ गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । उनीहरूमाथि थप अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Murder/attempted Murder
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Rautahat , Local Newspaper - Chitwan , Local Newspaper - Bara , Local Newspaper - Mahottari

0 Comments