Incident Reports

काङ्ग्रेस कार्यकर्तामाथि एमाओवादीद्वारा आक्रमण l

2013-11-08

Province 1, Okhaldhunga, Khijidemba

Shuva Prasad Dhungana ओखलढुङ्गा । ०७० कात्तिक २३ गते, नेपाली काङ्ग्रेसका कार्यकर्ता रावादोलु गाविस-९ का ३५ वर्षीय बलबहादुर भूजेलमाथि एमाओवादी कार्यकर्ताहरूले कात्तिक २२ गते साँझ आक्रमण गरेका छन् । गाउँबाट निर्वाचनको लागि भोट मागेर घर फर्किएका भूजेलमाथि चुनाव प्रचारमा गएका एमाओवादीका कार्यकर्ताहरूले बाटोमा आक्रमण गरेको पीडितले भूजेलले बताए । बाटोमा जम्काभेट भएपछि लछारपछार गरी डिलबाट खसालेको स्थानीय टेकबहादुर खड्काले जानकारी दिए । डिलबाट लडेका भूजेको ढाडमा चोट लागेको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घटनापछि रावादोलु प्रहरी चौकीमा आक्रमणकारीहरूले माफी मागेर उपचार खर्च बेहोर्ने सहमति भएको खड्काले बताए । घटना समान्य भएको एमाओवादीका नेता निशान्त शर्माले दावी गरे । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भगीरथ रेग्मीले घटना सामान्य भएकाले मिलापत्र गर्ने पहल भइरहेको बताए । शिवप्रसाद ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis