Incident Reports

फोरम लोकतान्त्रिकको कार्यालयअगाडि राखिएको बम सेनाद्वारा निष्क्रिय l

2013-11-13

Province 1, Morang, Budhiganga

” टंकिसिनुवारी गाविसस्थित मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) को संविधानसभा निर्वाचन प्रचारप्रसार कार्यालयअगाडि अज्ञात समूहले राखेको सुतली बम सेनाको डिस्पोजल टोलीले कात्तिक २७ गते निष्क्रिय पारेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी विश्वराज पोखरेलका अनुसार, फोरमको कार्यालयअगाडि सडकमा शंकास्पद बस्तु देखेर स्थानीयले खबर गरेका थिए । खबरगरेलगत्तै जनपथ प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेर घटनास्थलको सुरक्षा गरेको थियो । केही समयपछि विराटनगरस्थित सेनाको डिस्पोजल टोली पुगेर बम निष्क्रिय पारेको थियो । बम कसले राखेको भन्ने थाहा हुन सकेको छैन । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis