Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

2018-10-13

Bagmati, Chitawan, Ichchhyakamana, Ward 1

१७ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा इच्छाकामना गाउँपालिका–१ का ४० वर्षीय कृष्ण पुरीविरूद्ध पीडित पक्षले मङ्सिर २७ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले असोज २७ गते बलात्कार गरी फरार रहेको भन्दै पीडित पक्षले प्रहरीमा दिएको उजुरी दर्ता गरेको प्रहरीले जनाएको छ ।

बलात्कारको घटनालाई गाउँमै मिलाउने प्रयास भएको र त्यस बिचमा आरोपित सम्र्पक बाहिर गएकाले मात्र घटना प्रहरीसम्म आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दुर्गाराज रेग्मीले बताए । आरोपितको खोजी कार्य भइरहेको डिएसपी रेग्मीले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २७ गते भरतपुर अस्पतालमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments