Incident Reports

धरानमा बम राखेको देखियो, मान्छे चिनिएन l

2013-11-14

धरान, कार्तिक २८ - अपरिचित समूहले धरानका चार स्थानमा बिहीबार बिहान बम राखेको छ । प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत धरान- १३ स्थित जिरो पोइन्ट, धरान- ५ स्थित कलेज रोड चौक, धरान- ८ स्थित भोटेपुल र लाङ्घाली चोकमा बम भेटिएको हो । तीमध्ये तीन ठाउँमा शक्तिशाली प्रेसर कुकर बम र एक ठाउँमा सकेट बम फेला परेको हो । नेपाली सेना र प्रहरीको टोलीले सवै बम बिहीबार बिहान नै डिस्पोज गरेको छ । सीसी क्यामेराले कलेज रोडमा बिहान ३ बजेर १५ मिनेट जाँदा स्कुटीमा आएका दुई जनाले बम राखेको रेकर्ड गरेको छ । क्यामेरामा बम राख्नेको रेकर्ड भए पनि मान्छे चिनिँदैन ।

0 Comments

Related Reports
Related Trend Analysis