Incident Reports

एमाओवादी कार्यकर्ताद्वारा नेकपा-माओवादीका कार्यकर्ता कुटिए l

2013-11-14

Nawaraj Pathik रामेछाप । ०७० कात्तिक २८ गते, गुन्सी गाविस-९ निवासी नेकपा-माओवादीका एरिया सदस्य ५५ वर्षीय ध्याम्सो लामालाई कात्तिक २७ गते साँझ एमाओवादीका जिल्ला कमिटी सदस्य बोधबहादुर घिसिङ लगायतले लाठीले कुपिट गर्दा पीडितको टाउको फुटेको छ । एमाओवादी र नेकपा-माओवादी कार्यकर्ताहरू बीचमा भएको विवादका क्रममा एमाओवादीका कार्यकर्ताले प्रहार गरेको लाठी लागि उनको टाउको फुटेको हो । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भएको छ । घाइतेको उपचारको क्रममा टाउकोमा १७ ओटा टाँका लगाइएको छ । सो घटनामा नेकपा-माओवादीका गाउँ सदस्य टोपबहादुर घिसिङ र पाल्साङ घिसिङ पनि घाइते भएको नेकपा-माओवादीका जिल्ला सहइञ्चार्ज गणेशबहादुर खड्गिले जनाकारी दिए । उनीहरूको हात भाच्चिनुका साथै शरीरका विभिन्न ठाउमा चोटपटक लागेको छ । यसैगरी, उक्त घटनामा एओवादीका पूर्णबहादुर विक घाइते भएको उक्त पार्टीले जनाएको छ । एमाओवादीका जिल्ला संयोजक धावा लामाका अनुसार विक माथि खुकुरी प्रहार भएको छ । चुनावी प्रचारका लागि घर दैलो गर्ने कार्यक्रममा पुगेका एमाओवादीका कार्यकर्तालाई आक्रमण गरेपछि भएको झडपमा नेकपा-माओवादी तर्फपनि तीन जना घाइते भएको उनले बताए । जिल्ला प्रहरी कार्यालयले घटनाको पुष्टी गर्दै नेकपा-माओवादीका कार्यकर्तालाई दाउराको चिर्पटले कुटपिट भएको जनाएको छ । प्रहरी निरीक्षक राजेन्द्र थापाका अनुसार एमाओवादीका ऋद्धिनारायण श्रेष्ठ सहित नौ जना कार्यकर्ताहरूले नेकपा-माओवादीका कार्याकर्तालाई चिर्पट प्रहार गरी कुटपिट गरेको उजुरीका आधारमा उनिहरूको खोजि भइरहेको छ । प्रहरीले कुटपिटमा सम्लग्न सबै फरार रहेको उल्लेख गरेको छ । घटनास्थलमा प्रहरी नायव निरीक्षकको नेतृत्वमा १० जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नेकपा-माओवादीले विज्ञप्ति प्रकाशित गरी घटनामा संलग्नलाई कारबाहीको माग गरेको छ । नवराज पथिक

0 Comments

Related Reports