Incident Reports

बन्द तथा बम बिस्फोटनको कार्यमा संलग्न भएको आरोपमा दश जना गिरफ्तार l

2013-11-14

Nepal

Sabitri Sapokta चितवन । ०७० कात्तिक २८ गते, बन्द तथा विभिन्न स्थानमा भएका बम बिस्फोटका घटनामा संलग्न भएको आरोपमा चितवन प्रहरीले कात्तिक २७ गते विभिन्न स्थानबाट दश जनालाई गिरफ्तार गरेको छ । बम बिस्फोट, यात्रुबाहक बसमा आगजनी जस्ता जिल्लामा पछिल्ला समयमा भएका अप्रिय घटनामा संलग्न भएको आशंकामा रामपुर, रामनगर, भरतपुर, मुग्लिङ र भण्डाराबाट उनीहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता एवम् डिएसपी संजयबहादुर राउतले बताए । गिरफ्तार गरिएका व्यक्तिहरू नेकपा-माओवादीका कार्यकर्ता रहेको उनले जानकारी दिए । गिरफ्तार गरिएका दश जनामध्ये अनुसन्धानपछि दुई जना कुनै पनि घटनामा संलग्न रहेको नदेखिएकोले २७ गते साँझ नै छाडिएको डिएसपी राउतले बताए । थुनामा रहेका मध्ये एक जना खैरहनीस्थित प्रहरी कार्यालय र अरु सात जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको बताइएको छ । चुनावी मावलसँगै जिल्लामा केही दिन यता अप्रिय घटनाहरूसँगै जनतालाई त्रसित गर्ने भ्रमाक गतिविधिहरू भइरहेको जानकारी दिँदै डिएसपी राउतले भने -"घटनामा संलग्न भएको आशंकामा केही ब्यक्तिहरू हामीले गिरफ्तार गरेका थियौँ, जसमध्ये अनुसन्धानका क्रममा निर्दोष देखिएकालाई छाडिसक्यौँ ।" नियन्त्रणमा लिईएका व्यक्तिहरूको अनुसन्धान भइरहेको र दोषी ठहरिएमा उनीहरूलाई कानुनी प्रक्रिया अनुसार कारबाही अगाडि बढाइने बताउँदै डिएसपी राउतले जनाए । उनेले भने -"केही व्यक्तिको साथबाट पेट्रोल बम बनाउन प्रयोग हुने सुत्र समेत फेला पारिएको छ ।" गिरफ्तार मध्ये केही स्थानीय भए पनि अन्य काठमाडौँ, सप्तरी लगायत बाहिरी जिल्लाका रहेका छन् । नेकपा-माओवादीले काठमाडौँबाट चितवन ल्याएको एक कार्यकर्तालाई खोजतलास गर्दा उनको पर्सबाट पेट्रोल बम बनाउन प्रयोग हुने सुत्र लेखिएको कागज भेटिएको बताइएको छ । सावित्री सापकोटा

0 Comments

Related Reports