Incident Reports

सिलिण्डर बम बिष्फोट हुँदा गाविस भवनमा क्षति

2013-11-13

Nepal

Sabitri Sapkota चितवन । ०७० कात्तिक २८ गते, पीठुवा गाविस भवनको चौरमा कात्तिक २७ गते राती सिलिण्डर बम बिष्फोट हुँदा गाविस भवनमा क्षति पुगेको छ । गाविसको चौरमा बम बिस्फोट हुँदा गाविसका झ्यालका सिसा फुटेको प्रहरीले जनाएको छ । रातको समय भएकोले कार्यालयमा मानिस नभएकोले मानवीय क्षती भने नभएको बताइएको छ । यस्तैगरी, रत्ननगर नपा-२ मा रहेको नेपाल उमाविको चौरमा पनि कात्तिक २७ गते राती करिब १० बजेको समयमा सिलिण्डर बम बिष्फोट भएको इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी नकुल पोखरेलले बताए । एक्कासी बम बिस्फोट भएपछि थाहा भएको र कुनै मानवीय क्षती भने नभएको उनले जानकारी दिए । यसैबीच, भरतपुर नपा-५ धारापानी टोलमा कात्तिक २८ गते बिहान शंकास्पद बस्तु भेटिदा सो स्थानका बासिन्दाहरू त्रसित भएका छन् । "शंकास्पद बस्तु छ भनि जानकारी पाएर सेना तथा प्रहरीको टोली गएको थियो ।" जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् डिएसपी संजय बहादुर राउतले भने-"त्यहाँ अनावश्यक रुपमा डर देखाउन मात्र राखिएको रहेछ ।" नेकपा-माओवादी नेतृत्वको मोर्चाले आह्वान गरेको आम हड्तालकै क्रममा यसरी जनतालाई त्रसित पार्ने उद्देश्यले राखिएका "शंकास्पद बस्तुका कारण आम जनमासको सुरक्षा समेत चुनौति देखा परेको छ । प्रहरी प्रशासनले भने जिल्लामा भ्रम फैलाउने गतिविधिहरू मात्र भएको भन्दै आम नागरिकलाई सुरक्षाको प्रत्याभुती गराउने डिएसपी राउलते बताए । सावित्री सापकोटा

0 Comments

Related Reports