Incident Reports

गाडी तोडफोड गरेको आरोपमा एक जना माओवादी कार्यकर्ता गिरफ्तार l

2013-11-13

Sur Bahadur Pariyar थापापुर गाविस-३ का ५५ वर्षीय नेकपा-माओवादीका कार्यकर्ता कुलराज ज्ञवालीलाई सावरीसाधन तोडफोड गरेको आरोपमा इलाका प्रहरी कार्यालय भजनीले कात्तिक २७ गते गिरफ्तार गरेको छ । लालबोझी गाविस-५ का सुरेश हमालको नाममा रहेको बा २ च २५९६ नम्बरको गाडी तोडफोड गरेकोले माओवादी कार्यकर्ता ज्ञवालीलाई गिरफ्तार गरेको भजनीका इन्स्पेक्टर लालबहादुर साउदले जानकारी दिए । घर अगाडि राखिएको गाडीलाई बन्दको अवज्ञा गरेको आरोपमा ज्ञवाली सहित माओवादी कार्यकर्ताहरूले कात्तिक २७ गते तोडफोड गरेको इन्स्पेक्टर साउदले जानकारी दिए । तोडफोडबाट गाडीको अगाडिको सिसा फुटेको प्रहरीले जनायो । माओवादी कार्यकर्ता कुलराज ज्ञवालीलाई गाडी तोडफोडको झुटो आरोपमा प्रहरीले पक्राउ गरेको माओवादी जिल्ला सचिव महेश बडुवालले जानकारी दिए ।

0 Comments

Related Reports
Related Trend Analysis