Incident Reports

उम्मेदवारलाई लक्षित गरेर राखिएको बम सेनाद्वारा निष्क्रिय

2013-11-13

Laxmi Sah Sonar बारा । ०७० कात्तिक २८ गते बारा क्षेत्र नम्बर २ का काङ्ग्रेसका प्रत्यक्ष उम्मेदवार राधेचन्दप्रसाद यादवलाई लक्षित गरी राखिएको शक्तिशाली बम नेपाली सेनालले कात्तिक २७ गते राती निष्क्रिय पारेको छ । बरियारपुरबाट गंजभवानीपुर हुँदै दहियार गाविस-९ स्थित बगडमपुर गाउँमा चुनावी प्रचार/प्रसारको क्रममा पुगेर फर्किदा गंजभवानीपुर गाविस-९ स्थित सडकमा पर्ने पुलमाथि अज्ञात समूहद्वारा राखिएको शक्तिशाली बमबाट उनी एक मिटरको दूरीले जोगिएका हुन् । 'हामी त्यही बाटो भएर जाँदा केही थिएन, आउँदा बम फेला पर्‍यो, त्यसैले रातभर बाटोमै रोकिएर बस्यौँ' उम्मेदवार यादवले बताए, 'एक मिटरको दुरीले जोगियौँ । प्रचारबाट फर्किने हाम्रो योजनाको सूचना चुहिएपछि आक्रमण गर्ने नियतले बम राखिएको थियो ।' ना १ च ८९७७ नम्बरको गाडी कार्यकर्ता सहित आउँदै गरेका उम्मेदवारले बम राखिएको थाहा पाएर सुरक्षाकर्मीलाई खबर गरेपछि तेलकुवाबाट नेपाली सेनाको डिस्पोजल टोली पुगेर मध्य रातमा बम निष्क्रिय पारेको थियो । लक्ष्मीसाह सोनार

0 Comments

Related Reports