Incident Reports

व्यवस्थापन समितिका सदस्यद्वारा प्रधानाध्यापक माथि हातपात

2019-01-13

Gandaki, Gorkha, Bhimsen, Ward 1

भिमसेन थापा गाउँपालिका–१ मसेलको विन्द्रावति माविका प्रध्यानाध्यापाक ४५ वर्षीय उत्तरनारायण श्रेष्ठ माथि पुस २९ गते विद्यालय परिसरमै हातपात भएको छ ।


विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका शिवकुमार श्रेष्ठले विद्यालयलको निर्माणाधीन भवन बनाउँदा आफ्नो जग्गा मिचिएको आरोप लगाउँदै हातपात गरेको पीडितले बताएका छन् ।


‘विद्यालय परिसरमै केही कुरा गर्नु छ भनेर बोलाउनुभयो । जग्गाको विषय निकालेर ममाथि हातपात भयो ।’–श्रेष्ठले भने ।


०६७ सालमा विद्याललाई शिवको परिवारले जग्गा दान गरेका थिए । दान गरेको भन्दा पनि बढी जग्गा मिचेर विद्यालयले भवन बनाएको शिवको आरोप छ ।


प्रधानाध्यापकलाई हातपात गरेको आरोपमा प्रहरीले आरोपित श्रेष्ठलाई पुस २९ गते नै गिरफ्तार गरेको छ । गिरफ्तारपछि आरोपितलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका एसपी भोला रावलले बताए । विब्यस सदस्य श्रेष्ठले भने सामान्य विषयलाई ठुलो बनाइएको बताए ।


हरिराम उप्रेती


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Access/control of private land
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
INSEC

0 Comments

Related Reports