Incident Reports

नेकपा-माओवादीद्वारा मोटरसाईकलमा आगजनी l

2013-11-17

Sudip Kaini गोरखा । ०७० कात्तिक २९ गते, नेकपा-माओवादीका कार्यकर्ताहरूले गोरखा-आँबुखैरनी सडक खण्डको गोरखा नपा-११ बडेखोला नजिकै बा ४१ प १४७२ नम्बरको मोटरसाईकलमा कात्तिक २९ गते बिहान आगजनी गरेका छन् । आँबुखैरनी तर्फबाट गोरखा बजार तर्फआउँदै गरेको मोटरसाईकललाई नचिनेका ४/५ जनाको सङ्ख्यामा आएका व्यक्तिले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगजनीबाट मोटरसाईकल पूर्ण रुपमा क्षति भएको स्थानीयवासीले बताएका छन् । घटना स्थलमा पुगेर मोटरसाईकल चालक र मोटरसाईकलको उद्धार गरिएको डिसपी बसन्त कुँबरले जानकारी दिए । यसैबीच, पालुङ्गटार तर्फजाँदै गरेको ना ३ ख ७७६८ नम्बरको यात्रुवाहक बसमा तीन जनाको सङ्ख्यामा आएका नकाबधारी व्यक्तिहरूले कात्तिक २९ गते धुँवकोटाको टुङ्गेटारीमा आगजनी गरेका छन् । आगजनीका कारण बसको अगाडि पट्टीको सिसा फुटेको प्रहरीले जनाएको छ । सुदिप कैनी

0 Comments

Related Reports
Related Trend Analysis