Incident Reports

साढे तीन वर्षीया नाबालिका बलात्कृत

2019-02-04

Lumbini, Rukum East, Sisne, Ward 5

रूकुम : यहाँको एक गाउँमा साढे तीन वर्षीया नाबालिका बलात्कृत भएकी छन् । नाबालिकालाई बलात्कार गरेोको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

नाबालिका बलात्कारको अभियोगमा सिस्ने गाउँपालिका-५, का ३१ वर्षीय मदन भनिने भरत गौतमलाई रूकुम पूर्व प्रहरीले पक्राउ गरेकको छ।

सोमबार दिउँसो १ बजे नाबालिकालाई बलात्कार गर्ने क्रममा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अन्य साथीभाइसँगै बसिरहेका गौतम पिसाव गर्न भन्दै हिँडेका थिए ।

गौतम हिँडेकै ठाउँतिर नाबालिका रोएको सुनेपछि उनीहरु हेर्न जाँदा आपत्तिजनक अवस्थामा भेटाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऐनबहादुर मल्लले बताए । अभियुक्त गौतम र बालिकालाई स्वास्थ्य परीक्षणका लागि रुकुम पश्चिमको जिल्ला अस्पताल सल्ले पठाइएको मल्लले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments