Incident Reports

नेविसंघ अध्यक्ष महरसहित ६ जना वानेश्वरबाट पक्राउ

2019-02-05

Bagmati, Kathmandu, Kathmandu

नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नयाँ वानेश्वरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि प्रहरीले उनीसहितका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको हो । नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले पोखरामा पक्राउ परेका नेता कार्यकर्तालाई रिहा गर्न माग गर्दै वानेश्वर हुँदै जिल्ला प्रशासन कार्यालय जाने क्रममा महरसहित उपाध्यक्ष नवीन राईलगायत ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए । उनका अनुसार पोखरामा पक्राउ परेका कार्यकर्तालाई हिरा नगरे कडा आन्दोलन गर्ने जानकारीसहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाउने कार्यक्रम थियो । पक्राउ परेकाहरुलाई भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा राखिएको जनाइएको छ । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments