Incident Reports

UCPN-M Leader Mahara Breaches COC

2013-11-15

Rolpa, UCPN-M ka neta Mahara dwara aaharsanhita biparit prachar. Rolpa/ November 15, Cadres of UCPN-M have violated the election code of conduct by using t-shirt with electoral sign during the election campaign of poll candidate Krishna Bahadur Mahara. The cadres used red t-shirts with electoral sign on it in Libang on November 14 against the code of conduct. The oppositions accused poll candidate Mahara of distributing fund to make the road. He also distributed the money to the local club against the code of conduct. Cadres have also used red t-shirt with YCL sign on it. The cadres led by Mahara were carrying lathis with them. No one has claimed about the violation of code of conduct yet. Dharendra Dangi रोल्पा । ०७० कात्तिक २९ गते निर्वाचन आचारसंहिता विपरीत एमाओवादीका कार्यकर्ताहरुले चुनावी प्रचार गरेका छन् । एमाओवादीका नेता कृष्णबहादुर महरासहित भएको चुनावी र्‍यालीमा पार्टीको चुनाव चिन्ह अंकित टिर्सट लगाएर वाईसीएल कार्यकर्ता सहभागी भएको पाइएको छ । सदरमुकाम लिवाङमा कात्तिक २९ गते भएको चुनावी र्‍यालीमा पार्टीको चुनाव चिन्ह अंकित रातो टिर्सट लगाएका वाईसीएल कार्यकर्ता समेत सहभागी थिए । नारा र व्यानरसहित घरदैलो गर्दै बजार परिक्रमा गर्ने क्रममा आचारसंहिता विपरीत रातो टिर्सट लगाएका थिए । गाउँमा प्रचारमा गएका बेलामा समेत विभिन्न स्थानमा एमाओवादीका नेता तथा रोल्पा क्षेत्र नं. १ का उम्मेदवार कृष्णबहादुर महराले आचारसंहिता विपरीत सडकका लागि रकम दिएको, स्थानीय क्लवहरुलाई रकम बाँडेको आरोप विपक्षि दलले लगाइरहेको बेलामा लिवाङमा रातो टिर्सट लगाएका युवाहरुलाई प्रचारमा सहभागी गराएका हुन् । चुनावी र्‍यालीमा वाईसीएल नेपाल लेखिएका रातो टिर्सट समेत लगाएका थिए । महराको अगुवाइमा भएको प्रचारमा वाईसीएल कार्यकर्ताले लाठी समेत बोकेका थिए । आचारसंहिता विपरीत भएका कार्यक्रमबारे हालसम्म कसैले पनि उजुरी दिएको छैन । गाउँमा समेत वाईसीएलले ड्रेससहित मार्चपास गरिरहेको जानकारी दिनदिनै आइरहेका छन् । त्यस्तै सार्वजिनक स्थानमा लेखिएका आचारसंहिता विपरीतका भित्तेलेखन मेटाइएको छैन । काङ्ग्रेस र एमाले उम्मेदवारले गाउँमा प्रचार गरी र्फकेपछि गाउँमा गएका एकीकृत माओवादीका कार्यकर्ताहरुले मतदाताहरुलाई आफ्नो पार्टीलाई मतदान गर्न भन्दै धम्काएको नेपाली काङ्ग्रेसले जनाएको छ । धरेन्द्र डाँगी

0 Comments

Related Reports
Related Trend Analysis