Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-02-06

Gandaki, Baglung, Kanthekhola, Ward 1

१० वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले काँठेखोला गाउँपालिका–१ पालाका ३५ वर्षीय बलबहादुर रानालाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले माघ २३ गते यौन दुव्र्यवहार गरेको भन्दै पीडितका परिवारले माघ २५ गते प्रहरीमा उजुरी दिएपछि रानालाई २५ गते गिरफ्तार गरिएको हो ।

पीडित पक्षको उजुरीका आधारमा रानालाई गिरफ्तार गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका एसपी दिपक रेग्मीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २५ गते धौलागिरी अञ्चल अस्पताल बागलुङमा स्वास्थ्यपरिक्षण गरिएको छ ।


सिर्जना पन्त


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments