Incident Reports

हत्या गरेको आशङ्कामा दाहसंस्कारका लागि ठिक पारिएको शव बरामद

2019-02-10

Madhes, Mahottari, Manra Siswa, Ward 8

महोत्तरीमा एक महिलालाई घरपक्षबाट हत्या गरेको आशङ्कामा दाहसंस्कार गर्न लागिएको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

मनरासिस्वा नगरपालिका–८ सहसराम निवासी मनोजकुमार महतोकी २० वर्षीया पत्नी धनमतिदेवी महतोको माघ २७ गते मृत्यु भएको र धनमति देवीको दाहसंस्कार गर्ने व्यवस्थापनमा लागिएकोमा माइतीपक्षले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले शव नियन्त्रणमा लिई पोष्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वरमा पठाएको छ ।

प्रहरीले सोधपुछको लागि मृतकका पति र जेठानीलाई नियन्त्रणमा लिएको छ । मृतक महिलाको घाँटीमा चोट र पाखुरामा निलडाम देखिएकोले शङ्का अझै बल्झिएको जनाइएको छ ।

आफन्तले आफैँ मृत्यु भएको प्रहरीलाई जानकारी गराएपनि सोधपुछका क्रममा पासो लगाएर मृत्यु भएको बताएका थिए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्रबहादुर खड्काले समेत मृत्यु शङ्कास्पद देखिएकोले अनुसन्धान थालिएको बताए । उनले माघ २८ गते पोष्टमार्टम समेत हुने बताएका छन् । मृतकको एक महिने छोरासमेत रहेको छ ।


अजयकुमार साह


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments