Incident Reports

एमाले उम्मेदवारमाथि आक्रमण प्रयास, गाडीमा तोडफोड l

2013-11-16

Amrit Giri संविधानसभा चुनावका लागि प्रचार-प्रसारको अन्तिम दिन मङ्सिर १ गते देवदह गाविस-९, चरेङ्गेमा घरदैलो गरेर फर्कने क्रममा नेपाली काङ्ग्रेस र नेकपा एमालेका कार्यकर्ता बीच झडप भएको छ । झपडको क्रममा नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले नेकपा एमालेले चुनावको लागि प्रयोग गरेको बा ९ च ५४९९ को गाडी तोडफोड गरेको एमालेका उम्मेद्वार छविलाल विकले बताए । तोडफोडबाट गाडीमा सामान्य क्षति पुगेको छ । उक्त गाडीलाई वडा प्रहरी कार्यालयको प्रहरीको टोलीले उद्वार गरी प्रहरी कार्यालयमा लगियो । चरङ्गेमा एमालेले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा नेपाली काङ्ग्रेसका कार्यकर्ताले हुलहुज्जत गरी एमालेको कार्यक्रमलाई विथोल्न खोजेको र आक्रमण प्रयास गरेको एमालेका क्षेत्रीय संयोजक ध्रुव खरेलले बताए । त्यसैगरी नेपाली काङ्ग्रेसका कार्यकर्ता जीतु विकलगायतका समूहले देवदह-८, भलुहीमा रहेको एमाले पार्टी कार्यालय र फर्निचरसमेत तोडफोड गर्नुको साथै कार्यालयमा क्षति पुर्‍याएको कार्यालय सचिव रुका सापकोटाले जानकारी दिए । निर्वाचन प्रचार-प्रसारको अन्तिम दिन जिल्लाका सात ओटै निर्वाचन क्षेत्रमा दलहरूले दलबल, बाजा, गाजा, र जुलुससहित र्‍याली प्रदर्शन गरे । अमृत गिरी

0 Comments

Related Reports