Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2018-05-07

Gandaki, Tanahun, Ghiring, Ward 4

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा घिरिङ गाउँपालिका-४ का वडा अध्यक्ष झकबहादुर कुमालविरूद्ध पीडित पक्षले वैशाख २८ गते प्रहरीमा उजुरी दिएको छ ।

पीडित युवतीलाई आरोपितले वैशाख २४ गते बलात्कार गरेको आरोपमा न्यायका लागि प्रहरीमा उजुरी दिइएको पीडित पक्षले जनायो ।

घटनास्थल नवलपुर जिल्लामा भएको हुँदा थप अनुसन्धानको लागि उक्त उजुरी र पीडित युवतीलाई इलाका प्रहरी कार्यालय कावासोतीमा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका इन्स्पेक्टर बाबुराम पोख्रेलले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण वैशाख २८ गते दमौली अस्पतालमा गरिएको छ । वडा अध्यक्ष थापा सम्पर्कमा नरहेकाले खोजी कार्य थालिएको प्रहरीले जनायो ।

प्रकाशचन्द्र भट्टराई

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments