Incident Reports

बाबुबाटै छोरी बलात्कृत : बडीखेलबाट भगौडा पुर्व हवल्दार पक्राउ

2019-02-15

Bagmati, Lalitpur, Godawari, Ward 4

नेपाल प्रहरीका एक पुर्व हवल्दार आफनै नौ वर्षकी छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । गोदावरी नगरपालिका–४ बडीखेल निवासी उनले शुक्रबार राति आफ्नै छोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार अभियुक्त पुर्वहवल्दार भगौडा प्रहरी पनि हुन् । उनका भतिजा विप्लपको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । 

उनलाई जिल्ला अदालत ललितपुरबाट सात दिनको म्याद थपिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रले जानकारी दिए । मिश्रका अनुसार घटना शुक्रबार राति ८ बजेको हो । ‘अभियुक्तले मातेको बेला यस्तो अपराध गरेको खुलेको छ’, उनले भने । 

श्रीमती माइतीघर (पोखरा) गएको बेला उनले छोरीलाई जबरजस्ती करणी गरेका थिए । बालिकाले पेट दुखेको भनेपछि आइतबार नजिकैको हेल्थपोस्टमा चेकजाँच गर्न लगिएको थियो । हेप्थपोष्टमा लैजाँदा उनको यौनाङ्गगमा चोट लागेर रगत बगेको देखिएपछि पाटन अस्पताल पठाइएको थियो । हेल्थपोष्टमा बालिकाले बाबुले यस्तो अवस्था बनाएको बताएकी थिइन् । 

घटना थाहा पाएपछि बालिकाकी आमा पोखराबाट काठमाडौँ आइरहेकी छन् । अभियुक्तलाई आइतबार नै प्रहरी वृत्त सातदोबाटोमा ल्याइएको थियो ।  

नयाँ मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार बालिका उमेर अनुसारको सजाय तोकिएको छ । बलात्कारको घटनामा अवस्था र प्रकृति हेरेर १० देखि २० वर्षसम्म सजायको व्यवस्था छ । 

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Makwanpur

0 Comments