Incident Reports

अज्ञात समूहद्वारा बसमा आगजनी l

2013-11-17

Bagmati, Chitawan, Rapti

सुर्खेत, मंसिर ३ - लाटिकोईली-९ चन्द्रनगर स्थित सिद्धपाईला बोर्डिङ स्कुल परिसरमा पार्किङ गरी राखेको बसमा अज्ञात समूहले आइतबार विहान आगजनी गरेको छ । विहान सवा ३ बजे तिर बसमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण शाहीले जनाएका छन् । सुर्खेत यातायात समितिमा संचालिक ना २ ख ६१७२ नम्बरको बसमा आगजनी गरेको जानकारी पाउनसाथ घटनास्थल पुगेको प्रहरी टोलीमा आगो नियन्त्रणमा लिएको प्रहरी निरीक्षक शाहीले बताए । सडक देखि भित्र पर्ने उक्त स्थानमा अज्ञात समूहले आगो लगाएको हुन सक्ने जनाएका छन् । बस धनि अजय शर्माले बन्द हुने अघिल्लो दिनदेखि पार्किङ गरेर राखेको बसमा आगजनी भएको बताएका छन् । बस धनि शर्माले सिद्धपाईला बोर्डिङ स्कुल परिसरमा गत कात्तिक २४ गते देखि नै पार्किङ गरेर राखेको जनाएका छन् ।

0 Comments

Related Reports
Related Trend Analysis