Incident Reports

दलित भन्दै घरेलु हिंसा गरेको आरोपमा उजुरी दर्ता

2019-02-09

Madhes, Saptari, Mahadeva, Ward 1

महदेवा गापा–१ बल्थीकी २६ वर्षीया ममतादेवी रामलाई ३६ वर्षीय पति रवीन्द्रकुमार यादव, ६० वर्षीय ससुरा सियालाल यादव, ५७ वर्षीया सासू सरस्वतीदेवी यादव र सौता ३२ वर्षीया इन्दुदेवी यादवले घर प्रवेश गर्न नदिई निकाला गरेको भन्दै पीडितले जिल्ला अदालतमा फागुन १२ गते घरेलु हिंसाको उजुरी दर्ता गराएकी छन् ।

सहमतिअनुरूप पतिले घर नलगेपछि माघ २६ गते स्वयम् घर फर्केर जाँदा रविन्द्र घरबाट फरार रहेको र अन्य आरोपितहरूले जगल्टा घिस्याउँदै घरनिकाला गरेकोले उजुरी दिनु परेको पीडितले बताइन् ।

दलित भएकै कारण देखभाल नगरी आरोपितहरूले पीडितलाई बन्दी बनाएको भन्दै पीडितका बुबा बुदो रामले उच्च अदालत राजविराज इजलासमा माघ १४ गते बन्दी प्रत्यक्षीकरणको रिट दिएका थिए ।

अदालतको बन्दी प्रत्यक्षीकरण आदेशपछि माघ २३ गते अदालतमा हाजिर भएका पति रवीन्द्रले पत्नी र छोराहरू स्वीकार गर्दै केही दिन माइतीघरमा पठाउने र पछि घर लैजाने भनी सहमति गरेका थिए ।

सहमतिअनुरूप पीडितलाई लिन आरोपित पति उनको माइत नगए पछि फर्केर घर आएकी पीडितलाई कुटपिट गर्दै आरोपितहरूले घर निकाला गरेपछि पीडितले उजुरी दिएकी हुन् ।

०७२ चैत २१ गते रवीन्द्रसँग प्रेमविवाह गरी गाउँबाट भागेर ममता र रवीन्द्र हनुमाननगर कङ्कालिनी नपा–१ भारदहस्थित दिदीको घर, सुनसरीको झुम्का र भारतको सिमराही हुँदै पञ्जाब पटियालामा दुई वर्षसम्म सँगै बसे । पञ्जाबमा रहेका बेला ०७३ माघ २६ गते जेठो छोराको जन्म भएपछि दोस्रोपटक गर्भवती बनेकी पीडितलाई सोही अवस्थामा अलपत्र छाडी आरोपित पति घर फर्केका थिए । त्यसै बीच घर फर्की आएकी पीडितले ०७५ असोज २२ गते दोस्रो छोराको जन्म दिइन् ।


मनोहरकुमार पोखरेल


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Banishment/shunning
Weapons None
Primary Cause Domestic violence
Secondary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
INSEC

0 Comments