Incident Reports

नेकपा–माओवादीका एरिया इञ्चार्जसहित दुई पक्राउ l

2013-11-17

Earlier, police had held district secretary of the CPN-Maoist Dipendra Majhi and filed a case of public offence निर्वाचन हुन दुई दिन मात्र बाँकी रहँदा सप्तरीको हनुमाननगरबाट प्रहरीले आज बिहान मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका दुई कार्यकर्तालाई नियन्त्रणमा लिएको छ। हनुमाननगर बजारमा घुमिरहेका बेला प्रहरीले नेकपा–माओवादी सप्तरी क्षेत्र नम्बर २ का एरिया इञ्चार्ज बच्चेलाल सरदार र नेकपा–माओवादी निकट दलित राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला उपाध्यक्ष फरेबी सदालाई नियन्त्रणमा लिएको माओवादीको युवा जनपरिचालन समिति संयोजक अरुणकुमार यादवले जानकारी दिए। निर्वाचनका मुखमा निर्वाचन विरोधी गतिविधि गर्न सक्ने आशङ्कामा दुवै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। यसअघि गत बुधबार प्रहरीले सप्तरीको महुलीबाट नेकपा–माओवादीका जिल्ला सेक्रेटरी दीपेन्द्र माझीलाई नियन्त्रणमा लिई सार्वजनिक अपराध मुद्दा चलाएको थियो।

0 Comments

Related Reports
Related Trend Analysis