Incident Reports

छोराले अन्तरजातीय विवाह गरेको निहुँमा केटीको बाबु र वडाअध्यक्षबाटै कुटिइन् आमा !

2019-02-22

Madhes, Sarlahi, Barahathawa, Ward 17

गैरदलित युवतीसँग अन्तरजातीय विवाह गरेको निहुँमा वडाअध्यक्ष र केटीको बाबुले केटाका आमालाई आफ्नो घरमा लगेर निर्घात कुटपिट गरी बलात्कारको प्रयास गरेका छन् ।

बरहथ्वा नगरपालिका वडा १७ मा बसोबास गर्ने जितेन्द्र राम र अन्जु राय विवाह गरी घरबाट भागेपछि केटीका बाबु अभिनन्दन राय र वडा १८ का वडाअध्यक्ष राम विश्वास रायले केटाकी आमालाई आफ्नो घरमा लगेर निर्घात कुटपिट गरी बलात्कारको प्रयास गरेका हुन् ।

छोराले केटी भगाएपछि केटाको बाबु सम्र्पक विहिन छन् । फागुन १० गते केटाका घरमा आएका केटीका बाबु अभिनन्दन राय र वडा १८ का वडाअध्यक्ष राम विश्वास रायले केटाकी आमा धनेश्वरीदेवी रामलाई घरमा थुनेर निर्घात कुटपिट गरी बलात्कारको प्रयास गरेका थिए ।

लामो समय प्रेममा रहेका जितेन्द्र राम र अन्जु राय १० गतेदेखी सम्पर्क बिहिन छन । उनीहरु दुवै जना कक्ष ११ मा अध्ययनरत छन् । श्रीमान र छोरा पनि नभएको मौका छोपी अभिनन्दन राय र वडाअध्यक्ष राम विश्वास राय घरमा आई काम छ जाउँ भन्दै अभिनन्दन रायको घरमा लगेर कुटपिट गरेका धनेश्वरीदेवी रामले बताइन् ।‘तिमीलाई हामी केही गदैनौं, मेरो घरमा जाउँ भन्दै अभिनन्दनले भन्यो, घर पुगेपछि ढोका लगाएर मलाई कुटपिट गरे ,उनले भनिन् ,‘पछि बलात्कार समेत गर्न खोजे । ’

अभिनन्दन रायको घरबाट गुहार मागेपछि केही मान्छेहरुले प्रहरीलाई खबर गरिदिएपछि बाँच्न सफल भएको उनले सुनाइन् । प्रहरी आउने हल्लाले मलाई छोडियो । कुटपिटबाट सामान्य चोट लागे पनि ठूलो दुर्घटनाबाट आफु बाँचेको उनले बताइन् । छोरा पहिलेदेखि प्रेममा रहेछ । हामीलाई केही थाहा छैन । छोराले केटी भागएपछि श्रीमानलाई पनि ज्यान मार्ने धम्की आयो र घर छोडेर कता जानुभयो । केही थाहा नभएको धनेश्वरीदेवी रामले बताइन् ।

धनेश्वरीदेवी रामले न्यायको लागि अपिल गर्दै नेपाल राष्ट्रिय दलित समाज कल्याण संघमा निवेदन दिएपछि दलित अधिकारकर्मी राजेश पासवानको पहलमा सोमबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पीडितले जाहेरी दर्ता गरेकी छिन् । पीडितको जाहेरी दर्ता लिएपछि मुद्दा फाँटका प्रहरी नायव निरीक्षक रन्जित पाण्डेले पीडकलाई कानुन वमोजिम कारबाही गर्ने बताएका छन् ।

संयुक्त दलित संघर्ष समितिको जिल्ला संयोजक तथा राष्ट्रिय दलित आयोगका सदस्य राधेश्याम पासवानले वडाअध्यक्ष र केटीका बाबुलाई आफुहरुले कारबाही गरेर छाड्ने बताए । एउटा महिलालाई घरभित्र थुनेर निर्घात कुटपिट गरी बलात्कारको प्रयास गरेको पीडितले बताएको भन्दै उजुरीको आधारमा प्रहरीले कारबाही गर्नुपर्ने उनले बताए । ‘हामीले यो घटनालाई निकै गम्भीर ढंगबाट हेरेका छौं,पीडकलाई कारबाही गराउँछौं । ’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Sexual Assault
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Total Raped 1
Female Raped 1
National/Online Media , Local Newspaper - Rautahat

0 Comments