Incident Reports

अपहरण घटनाका आरोपित गिरफ्तार

2019-02-25

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi, Ward 1

सागाचोकगढी नपा १ घरभई स्याउले स्थित श्री सेतीदेवी मावि कक्षा ५ मा पढ्दै आएकी १३ वर्षीया स्वस्तीका चुहानलाई अपहरण गरेको आरोपमा प्रहरीले मकवानपुर जिल्ला चित्लाङ गाउँपालिका–३ स्थायी घर भई सिन्धुपाल्चोक जिल्ला चौतारा सागाचोकगढी नपा–६ पिपलडाँडामा पुनर्निर्माणसम्बन्धी काम गरी बसेका १९ वर्षीय सुमन मगरलाई फागुन १५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन १३ गते विद्यालय जानलाग्दा बीच बाटोबाट अपरहण गरेको आरोप छ ।

पीडित पक्षले फागुन १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको प्रहरीले जनाएको छ । घटना विवरण अनुसार फागुन १३ गते बिहान विद्यालय जानलाग्दा पीडित बालिका ‘बेपत्ता’ भएको र सोही दिन साँझ खोजतलास गर्दा स्थानीयले आरोपित बस्ने गरेको कोठाबाट उद्दार गरेको विद्यालयका शिक्षक अमिरबहादुर श्रेष्ठले बताए ।


नातिबावु धिताल


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
INSEC

0 Comments

Related Reports