Incident Reports

राष्ट्रिय स्वाभिमान पार्टीको प्रचारमा एमाओवादीको कार्यकर्ताद्वारा अवरोध l

2013-11-16

Sun Bahadur Thapa कास्की । ०७० मङ्सिर १ गते, राष्ट्रिय स्वाभिमान पार्टीको निर्वाचन प्रचारप्रसारको कार्यक्रम मङ्सिर १ गते लेखनाथ नपा-१४ मा एमाओवादीका कार्यकर्ताहरूले अवरोध गरेका छन् । लेखनाथ नपा-१४ स्थित राजाको चौतारो नजिकै निर्वाचन प्रचारप्रसारको क्रममा मोटरसाईकल र्‍यालीमा सहभागी एमाओवादीका कार्यकर्ताहरूले आफ्नो समूहलाई दुर्व्यवहार गरी गाडीमा समेत लाठी प्रहार गरी अवरोध सिर्जना गरेको राष्ट्रिय स्वाभिमान पार्टी क्षेत्र नम्बर १ का उम्मेदवार रत्नमणि अधिकारीले बताए । एमाओवादीका क्षेत्र नम्बर १ का उम्मेदवार विष्णु पौडेलले भने घटना सामान्य भएको बताए । सनबहादुर थापा

0 Comments

Related Reports