Incident Reports

काठमाडौंको मुटु भिमसेनस्थानमै बोक्सीको आरोपमा महिलालाई पन्यु तताएर डामियो !

2019-02-24

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं– पुरातन समाजमा चल्तीमा रहने गरेको ‘बोक्सी’ आरोप लगाउने प्रथा आधुनिक समाजमा पनि बेला–बेलामा देखिन्छ । आधुनिकताले नछोएको र चेतनाको अभावमा ग्रामीण दुर–दराजमा बोक्सीको अभियोग लगाईएका घट्ना बेला–बेला सुन्नमा आएपनि काठमाडौंको मुटु भिमसेनस्थानमै त्यस्तो घट्ना घटेको सुन्दा धेरैलाई पत्यार नलाग्छ सक्छ ।  तर, पत्याउनुको विकल्प छैन्, भिमसेनस्थानमा झारफुक गरेर बस्ने माताले आफुलाई ‘बोक्सी रहिछ’ भन्दै कूचोले हिर्काउँदै पन्यु तताएर डामेको भन्दै रश्मी उपरकोटीले महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी छिन् ।

उपरकोटीले दिएको जाहेरीको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले भिमसेनस्थानमा डेरा लिएर ‘माता हुँ’ भन्दै झारफुक गर्ने कविता श्रेष्ठलाई पक्राउ गरेको छ । ‘बच्चा बिरामी पारेको भन्दै माताको आवरणमा झारफुक गर्ने कविता श्रेष्ठले भिमसेनस्थानमा एक महिलालाई बोक्सी आरोपमा कुटपिट गरेको रिपोर्ट परेपछि हामीले उनलाई पक्राउ गरेका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) वसन्त लामाले रातोपाटीसँग भने, ‘कविताले अहिले पनि पीडित महिला बोक्सी नै हो भनेर जिकीर गर्दै आएकी छिन्, हामीले उनलाई बोक्सीको आरोप सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेका छौं ।’ फागुन १५ गते भिमसेनस्थानस्थित आश्रमबाट पक्राउ परेकी कविता अहिले टेकुस्थित काठमाडौं प्रहरीको हिरासतमा छिन् ।  काठमाडौं महानगरपालिका–५ माईतीघर भएकी ४३ वर्षीया कविताले मोरङ्गमा विवाह गरेकी थिइन् । भिमसेनस्थानमा छोरीको साथमा बस्दै आएकी कविता सामान्य सावाँ अक्षर खुट्याउन सक्छिन् । औपचारिक शिक्षा लिएकी छैनन् । रश्मी उपरकोटीको डेरा पनी भिमसेनस्थानमै छ । फागुन १२ गते उनको डेरा नजिकै रहेको देवर–देउरानीको कोठामा गएको अवस्थामा देउरानीको ३ महिनाको छोरालाई दुध खुवाउँदा दुध खान मान्दैन् । त्यतिवेला रश्मीलाई डर लाग्छ, उनको शरीरमा डरका कारण सामान्य कम्पन हुन्छ । त्यतिनै बेला माता (कविता श्रेष्ठ) को बहिनी–ज्वाईं र छोरी समेत चारजना आएर रश्मीलाई धामीकोमा लानुपर्छ भन्दै माताको डेरामा लैजान्छन् । झारफुक गर्न भन्दै डेरामा ल्याईएकी रश्मीलाई माताको आवरणमा रहेकी कविताले ‘बोक्सि रहिछ’ भन्दै कूचोले शरीरको विभिन्न भागमा हिर्काउँछिन् । ‘कूचोले मात्रै भएन भन्दै मलाई धुप सल्काएर नाक र मुखमा पोल्दै यो बोक्सी नै हो, यसले पहिला पनि छोरा खाई, देवरको छोरा पनि बिरामी बनाई भन्दै छोरी र बैनीलाई पन्यु तताउन लगाईन’ रश्मीले प्रहरी समक्ष बुझाएको जाहेरीमा भनिएको छ, ‘उनीहरुले मलाई तीनओटा पन्यु तताएर मलाई पालैपालो मेरो गाला,छाती तथा शरीरको विभिन्न भागमा डामियो !’ प्रहरीसँगको प्रारम्भिक बयानको क्रममा कविता श्रेष्ठ (माता)ले बाटेको धुप सल्काएर धुपौरामा राखेको अवस्थामा रश्मीले झम्टेपछि आफुलाई देउताले छोपेको र सोही अवस्थामा कुटपिट गरेको बताएकी छिन् । फागुन १२ गते राती १० बजे माताकोमा लगिएकी रश्मीलाई राती १ बजेसम्म राखेर कविताले दिशा–पिशाव खुवाउनुपर्छ र सिस्नो लगाउनुपर्छ भन्दै यातना दिएको बताइएको छ । माताको कुटपिटका कारण रश्मीले आफ्नो पाठेघर र टाउकोमा समेत गम्भिर चोट लागेको दाबी गरेकी छिन् । बोक्सीको आरोप सम्बन्धी कसुर तथा सजाय ऐन–२०७२ अनुसार कसुर गर्ने ब्यक्तिलाई ६ महिनादेखि २ बर्षसम्म कैद र पाँच हजारदेखि २० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । कानुनले कसैलाई बोक्सीको आरोप लगाउने र उक्त आरोप लगाएर गाली गर्ने तथा यातना दिने कार्यलाई बन्देज लगाएको छ ।  

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments

Related Reports