Incident Reports

गाडीलाई लक्षित गरी पेट्रोल बम प्रहार

2013-11-16

Gandaki, Lamjung, Sundarbazar

Krishna Prasad Adhikari लम्जुङ । ०७० मङ्सिर १ गते, डुम्रेबाट बेसीशहर तर्फगइरहेको बा ७ प ६४९२ नं को टाटा सुमो गाडीलाई लक्षित गरेर भोटेओढार गाविस-४ रामदीमा मङ्सिर १ गते साँझ अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ । बाटोमा लुकेर बसेको अज्ञात समूहले गाडीलाई लक्षित गरेर बम प्रहार गरे पनि गाडीमा कुनै क्षति भएको छैन । गाडीमा ११ जना यात्रु रहेकोमा सबै सकुशल छन् । प्रहरीले नेकपा-माओवादीका कार्यकर्ताले बम प्रहार गरेको बताएको छ । कृष्णप्रसाद अधिकारी

0 Comments

Related Reports