Incident Reports

एमाओवादी कार्यकर्ताद्वारा एमाले कार्यकर्तालाई हातपात l

2013-11-17

Nabaraj Pathik रामेछाप । ०७० मङ्सिर २ गते, लखनपुर गाविस-२ निवासी एमाले कार्यकर्ता राजकुमार गौतमलाई मङ्सिर २ गते लखनपुर-२ को कालिका उमावि मतदान केन्द्रमा एमाओवादीका एरिया इञ्चार्ज लखनपुर गाविस निवासी अम्बिका गजुरेलको नेतृत्वमा रहेको टोलीले हातपात गरेका छन् । मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरणको काम भइरहेका बेला एमाओवादी कार्यकर्ताहरूले गौतमलाई हातपात गरेको एमालेको आरोप छ । दुईपक्ष बीच सामान्य विवाद भएकोमा सुरक्षाकर्मी पुगी विवाद साम्य पारेको रामेछापका प्रहरी प्रवक्ता निरीक्षक राजेन्द्र थापाले बताए । नवराज पथिक

0 Comments

Related Reports